स्वदेश फर्किइन् बंगलादेशकी प्रधानमन्त्री हसिना, भारतका मोदी र म्यानमारका मिन्ट पनि आजै फर्कने



हाम्रो इकोनोमि

 

 

बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) शिखर सम्मेलनमा सहभागी हुन नेपाल आएका विदेशी पाहुनाहरुको स्वदेश फर्कने क्रम शुरु भएको छ ।

बिमस्टेकका लागि नेपाल आएकी बंगलादेशकी प्रधानमन्त्री शेख हसिना आज स्वदेश फर्किएकी छन् ।

सम्मेलन सकिए लगतै हसिना स्वदेश फर्किएकी हुन् । उनलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले बिदाइ गरेका थिए ।

म्यानमारका यिन मिन्ट ४ बजे र भारतका नरेन्द्र मोदी साँझ ६ बजे फर्किने तालिका भएको विमानस्थलको सुरक्षा निकायले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
एमालेकै कित्तामा उभिँदै कांग्रेस

    प्रतिनिधि सभा पुनःस्थापनाको मुद्दामा एमाले र कांग्रेस एकैठाउँमा उभिएका छन् ।...

कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

    कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता...

सर्वपक्षीय सरकार माग्दै काठमाडौंमा जेनजीको प्रदर्शन

    सर्वपक्षीय सरकार सरकार गठनको माग गर्दै माइतीघरमा सोमबार प्रदर्शन भएको छ...

रवीन्द्र मिश्रले फैलाएको अफावाहबाट भ्रममा नपर्न राप्रपाको आग्रह

        राष्ट्रिय प्रजातन्त्र पार्र्टी (राप्रपा) काठमाडौं क्षेत्र नम्बर १ ले...