सैन्य अभ्यास कुनै देशविरुद्ध लक्षित छैन : परराष्ट्रमन्त्री ज्ञवाली



हाम्रो इकोनोमि

 

 

परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) सम्मलेनपछि हुने संयुक्त सैन्य अभ्यास कुनै देशविरुद्ध लक्षित नभएको बताएका छन् ।

 

बिमस्टेकको घोषणापत्रबारे जानकारी दिन शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले सैन्य अभ्यास प्राकृतिक प्रकोप उद्धारका लागि मात्रै गर्न लागिएको बताएका हुन ।

सैन्य अभ्यासलाई भारतले सामरिक रणनीति बनाएको चर्चा चलिरहेका बेला परराष्ट्र मन्त्री ज्ञवालीको यस्तो धारणा सार्वजनिक भएको हो ।

 

बहुदेशीय फिल्ड ट्रेनिङ माइलेक्स भदौ २५ देखि ३१ गतेसम्म भारतको पुणेमा हुन लागेको हो । सैन्य अभ्यास कार्यक्रमा नेपाल, भारत, श्रीलंका, भुटान, बंगलादेश, म्यान्मार र थाइल्याण्डका ३०र३० सैन्य अधिकारीले सहभागिता जनाउनेछन् ।

 

प्रतिक्रिया दिनुहोस
एमालेकै कित्तामा उभिँदै कांग्रेस

    प्रतिनिधि सभा पुनःस्थापनाको मुद्दामा एमाले र कांग्रेस एकैठाउँमा उभिएका छन् ।...

कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

    कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता...

सर्वपक्षीय सरकार माग्दै काठमाडौंमा जेनजीको प्रदर्शन

    सर्वपक्षीय सरकार सरकार गठनको माग गर्दै माइतीघरमा सोमबार प्रदर्शन भएको छ...

रवीन्द्र मिश्रले फैलाएको अफावाहबाट भ्रममा नपर्न राप्रपाको आग्रह

        राष्ट्रिय प्रजातन्त्र पार्र्टी (राप्रपा) काठमाडौं क्षेत्र नम्बर १ ले...