एक महिनामा खर्बको व्यापार घाटा, १८ अर्बको पेट्रोलियम पदार्थ, १३ अर्बको हवाई पाटपुर्जा आयात



 

 

चालू आर्थिक वर्षको पहिलो महिना नेपालले एक खर्ब २६७ अर्ब रुपैयाँको वैदेशिक व्यापार गरेको छ। गत वर्षको पहिलो महिनाको तुलानामा आयातमा ५७ प्रतिशतले वृद्धि र निर्यातमा तीन प्रतिशत वृद्धि भई एक खर्ब २७ अर्ब ५३ करोड रुपैयाँ बराबरको व्यापार गरेको हो। पहिलो महिना आयात एक खर्ब २० अर्ब ६१ करोड रुपैयाँको गरेको नेपालले निर्यात भने छ अर्ब ९२ करोड रुपैयाँको गरेको छ।

 

गत वर्ष सोही अवधिमा आयात ७६ अर्ब ७३ करोड रुपैयाँको गरेकोमा निर्यात छ अर्ब ७० करोड रुपैयाँको गरेको थियो। अघिल्लो वर्षमा नेपालले एक रुपैयाँको सामान निर्यात गर्दा ११ रुपैयाँको किन्थ्यो भने अहिले एक रुपैयाँको निर्यात गर्दा १७ रुपैयाँको किन्नुपर्ने अवस्था आएको छ पहिलो महिना मुलकको व्यापार घाटा एक खर्ब १३ अर्ब ६८ करोड रुपैयाँभन्दा बढी पुगेको छ भने गत वर्ष ७० अर्ब दुई करोड रुपैयाँ भन्दा बढी छ। गत वर्षको सोही अवधिको तुलनामा व्यापार घाटा ६२ प्रतिशतले वृद्धि भएको छ।

 

अघिल्लो वर्ष नेपालले एक रुपैयाँको सामान निर्यात गर्दा ११ रुपैयाँको किन्थ्यो भने अहिले एक रुपैयाँको निर्यात गर्दा १७ रुपैयाँको किन्नुपर्ने अवस्था आएको छ। सबैभन्दा बढी व्यापार आयात हुनेमा पेट्रोलियम पदार्थ र हवाई पाटपुर्जा रहेका छन्।

 

एक महिनामा भारतबाट १८ अर्ब १० करोड रुपैयाँको पेट्रोलियम पदार्थ आयात गरेको छ भने १३ अर्ब ३० करोड रुपैयाँ बराबरको हवाई पाटपुर्जा आयात गरेको छ। व्यापार घाटा बढ्नुका तीन कारण भन्सार विभागले मुख्यतयास् उच्चदरमा व्यापार घाटा बढ्नुका तीन कारण देखाएको छ।

 

भन्सार विभागले उल्लेख गरेका तीन कारणअन्तर्गत पेट्रोलियम पदार्थ, हवाई पाटपुर्जा र फलाम तथा स्टिलजन्य सामग्रीको उल्लेख्य आयातको कारण समग्र व्यपार घाटालाई प्रभाव परेको हो।

 

त्यस्तै, विभागले गत वर्ष बाढी पहिरोका कारण कम आयात भएकाले पनि यो महिना बढी आयात भएको उल्लेख गरेको छ। ुगत वर्ष प्रत्येक महिना औसतमा करिव १०० अर्ब रुपैयाँको आयात हुँदा साउनमा जम्मा ७६ अर्ब रुपैयाँको आयात भएको थियो।

 

यसले गर्दा यस महिनाको आयातको वृद्धिदर समग्रमा उच्च देखिएको छु, भन्सार विभागले उल्लेख गरेको छ। त्यस्तै, मुख्य रूपमा आयात बढेका तीन वस्तुमा हवाई पाटपुर्जा गत वर्षको यही महिना एक अर्ब ४४ करोड रुपैयाँको आयात भएकामा अहिले १३ अर्ब ३० करोड रुपैयाँको आयात भएको छ।

 

हवाई पाटपुर्जा एक अर्ब ४४ करोड रुपैयाँको मात्र आयात भएकोमा यस वर्षको साउन महिनामा १३ अर्ब ३० करोड रुपैयाँको आयात भएको छ। गत वर्ष सबै प्रकारका पेट्रोलियम इन्धन नौ अर्ब ६९ करोड रुपैयाँको मात्र आयात भएकोमा यस वर्षको साउन महिनामा १८ अर्ब १० करोड रुपैयाँ पुग्नु र फलाम तथा स्टिल वस्तुहरूको आयात गत वर्षको साउनमा आठ अर्ब ६३ करोड रुपैयाँको आयात भएकोमा यस वर्षको साउनसम्ममा १४ अर्ब ६२ करोड रुपैयाँ पुग्नुले व्यापार घाटामा प्रभाव परेको भन्सार विभागले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा तीनभन्दा बढी एयरलाइन्सले उडान गर्ने

    मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा तीनभन्दा बढी अन्तर्राष्ट्रिय

आज टिकाको साइत बिहान ११ः३६ बजे

बडादसैं अर्थात् दुर्गापक्षको मुख्य दिन शनिबार मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको

टिकाको दिन र भोलीपल्ट निशुल्क बसको सुबिधा

दसैंको टीकाको दिन र भोलिपल्ट (असोज २५ र २६ गते) नेपाल प्रहरीले दुई रुटमा

आज फुलपाती घर घरमा भित्राइदै

बडा दशैंको सातौं दिन आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्राइँदैछ । प्रत्येक वर्ष