दुर्घटनामा दुईको मृत्यु



हाम्रो इकोनोमि

 

 

झापाका दुई भिन्न स्थानमा भएको सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । झापाको बिर्तामोड नगरपालिका–२ रामचोकमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक र भद्रपुर नगरपालिका–२ स्थित बिगाउँमा मोटरसाइकलले पैदलयात्रीलाई टक्कर दिँदा एकजनाको मृत्यु भएको हो ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत बिर्तामोड–२ रामचोकमा ना४ख ४६५६ नंको ट्रकले मे५प १८१८ नंको मोटरसाइकललाई बिहीबार बेलुका ठक्कर दिँदा मोटरसाइकलमा सवार इलाम देउमाई नगरपालिका–८ समीर खनालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । दुर्घटनामा सोही नगरपालिका–९ का मोटरसाइकल चालक २१ वर्षीय निर्मल कट्टेल घाइते भएका छन् । घाइते कट्टेलको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ भने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यसैगरी झापा भद्रपुर–२ बिगाउँस्थित भित्री सडकखण्डमा मे२प ५६२ नंको मोटरसाइकलले बिहीबार ठक्कर दिँदा सोही स्थानकी ७५ वर्षीया फुलमाया तामाङको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस
रारा घुम्न गएकी सदीक्षाको मृत्यु

  मुगुको रारा क्षेत्र घुम्न आएकी काठमाडौं महानगरपालिकाकी ३० वर्षीया सदीक्षा घिमिरेको उपचारका...

नवनिर्वाचित सांसदको शपथ ग्रहण चैत १२ गते

    नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरुको शपथ ग्रहण चैत १२ गते दिउँसो २...

समानुपातिकका सांसदलाई प्रमाणपत्र वितरण

    प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिकतर्फका नवनिर्वाचित ११० सांसदलाई प्रमाण पत्र प्रदान...

विश्वकै ठूलो ग्यास केन्द्रमा इरानको हमला

    अमेरिका र इजरायलको गठबन्धनले आफ्ना नेताहरुको एकपछि अर्को हत्या गरिरहेका बेला...