नगरपालिका सङ्घमा ब्याञ्जु, अरु को–को छन् समितिमा ?



हाम्रो इकोनोमि

 

 

 

काठमाडौँमा सम्पन्न नगरपालिका संघको छैठौं राष्ट्रिय सम्मेलनले धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जुको अध्यक्षतामा ४९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

 

यही भदौ १२ देखि १४ गतेसम्म भएको सम्मेलनले सर्वसम्मत रुपमा ब्याञ्जुको नेतृत्वमा नयाँ नेतृत्व चयन गरेको संघका कार्यालय सचिव कलानिधि देवकोटाले जानकारी गराए ।

 

संघका उपाध्यक्षमा बेलकोट नगरपालिकाका उपप्रमुख कबिता ढुङ्गाना, महासचिवमा, नीलकण्ठ नगरपालिकाका प्रमुख भीम ढुङ्गाना, उपमहासचिवमा जनकपुर उपमहानगर प्रमुख लालकिशोर साह, कोषाध्यक्षमा तुलसीपुर उपमहानगरका दाङका प्रमुख घनश्याम पाण्डे र सहकोषाध्यक्षमा काठमाडौँ महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गी निर्वाचित भएका छन् ।

 

सम्मेलनले सातै प्रदेशमा प्रदेश संयोजकसमेत तोकेको छ । प्रदेश नं १ मा इलाम नगरपालिका प्रमुख महेश बस्नेत, प्रदेश नं २ मा परोहा नपा रौतहटका प्रमुख शेख वकिल, प्रदेश नं ३ मा भीमेश्वर नपाका प्रमुख भरत केसी, गण्डकी प्रदेशमा पालुङटार नपाका प्रमुख दीपकबाबु कँडेल, प्रदेश नं ५ मा बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराजा सुवेदी, कर्णाली प्रदेशमा नारायण नपा दैलेखका प्रमुख रत्नबहादुर खड्का र प्रदेश नं ७ मा पाटन नपा दैलेखका प्रमुख केशरबहादुर चन्द रहेका छन् ।

 

सम्मेलनले राप्ती नगरपालिका चितवनका प्रमुख प्रभा बरालको संयोजकत्वमा १४ सदस्यीय महिला विभाग गठन गरेको छ । सम्मेलनमा ६ महानगर, ११ उपमहानगर र २७६ नगरपालिकाका प्रमुख र उपप्रमुख गरी ५४६ जनाको सहभागिता थियो । यसअघि संघको अध्यक्षमा प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेल थिए ।

 

प्रतिक्रिया दिनुहोस
कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा भारी वर्षा हुने

    देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा...

शिक्षा र स्वास्थ्यको कर हटाउने सरकारको निर्णय

    सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट...

गगनसँग सति जान सकिँदैन : मोहन बस्नेत

    नेपाली कांग्रेसका नेता मोहन बस्नेतले गगन थापाको नेतृत्वमा परिचालित रुपमा विशेष...

अर्याल र जमरकट्टेललाई माछापुच्छ्रे बैंकमा नयाँ जिम्मेवारी

    माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो उच्च व्यवस्थापन टोलीलाई थप सुदृढ बनाउने उद्देश्यका...