मगर भाषाको फिल्म बनाउँदै यमकुमार



हाम्रो इकोनोमि

 

 

सितोरियो कराँतेका पुराना खेलाडी समेत रहेका कलाकार यम पुलामी मगर यतिवेला मगर भाषाको सिनेमा बनाउन जुटेका छन् ।

 

कथावस्तु तयार गरिरहेका यम यतिबेल कलाकारको खोजीमा छन् । मजुङ्ग भर्मी ( असल मान्छे ) नाम राखीएको उक्त चलचित्रको निर्देशन चर्चित हाँस्य टेलिचलचित्रका लेखक तथा निर्देशक भरत खपागीं मगरले गर्ने तय भएको छ ।

२० बर्ष अघि देखी कलाकारितामा लागेका यम पुलामी मगरले हाल सम्म आधा दर्जन सिनेमा र केही टेलिचलचित्रमा अभिनय गरेका छन् । मैथिली गीत “प्यारके पन्छि”को म्युजिक भिडियोमा नृत्य सिकाएका यम अभिनय गरेको कानुङ्ग क्रान्ति (हाम्रो क्रान्ति) चर्चित सिनेमा हो । यो सिनेमाको लेखन तथा निर्देशन चर्चित उपन्यासकार भुवन थापाले गरेका थिए ।

२०३५ सालमा धनुषाको ढल्केवरमा जन्मिएका यम सितोरियो कराँतेका टु डन हुन् । केही समय ढल्केवरमा सितोरियो कराँते खेलाएका उनि पछिल्लो समय कलाकारितातिर आकर्षित भएका हुन् भने उनले भारतमा समेत गएर आफ्नो खेल प्रदर्शन गरिसकेका छन् । भारतमा गेम खेलेर उनले दुई ओटा गोल्ड मेडल समेत प्राप्त गरेको बताए ।

मगर समुदायको भाषा सँस्कृती विकास गर्नको लागि आफू मगर भाषाको चलचित्र निर्माण तथा प्रवर्दनमा लाग्न लागेको यमले बताए । उनले भने , चलचित्र मार्फत मगर भाषाको सिनेमालाई राष्ट्रीय र अन्तराष्ट्रिय रुपमा प्रवद्र्धन गर्नु मेरो मुख्य उदेश्य हो ।

 

विजयकुमार साह

प्रतिक्रिया दिनुहोस
हिमालयन रिम फिल्म प्रदर्शनी काठमाडौंमा सुरु

    २०२६ (दोस्रो) हिमालयन रिम फिल्म प्रदर्शनी” नेपालमा शुरु भएको छ ।...

सीजीले ल्यायो वर्ल्ड कप टु वर्ल्ड कप योजना

  फुटबलको महाकुम्भ  विश्वकप  को ज्वरोले अहिले सम्पूर्ण विश्वलाई छोइसकेको छ । नेपाली...

शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...

निजी विद्यालयहरूको आन्दोलन, काठमाडौ पुरै जाम

  निजी विद्यालय सञ्चालकहरूले काठमाडौं उपत्यकामा स्कुल बसको र्‍याली निकालेका छन् । विद्यालय...