भदौ १६ बाट इन्टु मिन्टु लण्डनमाको देश दौडाहा



हाम्रो इकोनोमि

 

साम्राज्ञी राज्य लक्ष्मी शाह र धिरज मगरको मुख्य भूमिका रहेको चलचित्र इन्टु मिन्टु लण्डनमाले मोफसल टुरको आयोजना गर्ने भएको छ ।

निर्देशक रेनेशा वान्तवा राईको जानकारी अनुसार  चलचित्रको मोफसल टुर भदौ १६ गते झापाको बिर्तामोडबाट सुरु हुनेछ।

त्यसपछी १७ गते दमक , २२ गते इटहरी र बिराटनगर, २३ गते धरान, २६ गते पोखरा, २७ गते चितवन, २८ गते बुटवल र २९ नेपालगन्ज पुगेर चलचित्र निर्माण टिम काठमाडौं फर्किने छ ।

कोरियोग्राफर रेनेशा वान्तवा राईको डेब्यु निर्देशन रहेको चलचित्रमा प्रज्वल समशेर जबरा र प्रभु समशेर जबराको निर्माण रहेको छ ।

शैलेन्द्र धोज कार्कीको छायांकन रहेको चलचित्रमा टिसूजिल कर्माचार्य, हर्कुलस बस्नेत, स्वप्न सुमन र बसन्त सापकोटाको संगीत रहेको छ ।

चलचित्र का अन्य कलाकारमा शारुक ताम्राकार, दिलभुषण पाठक, विजय लामा, रुवी राणालगायत मुख्य भूमिकामा छन् ।

प्रतिक्रिया दिनुहोस
मास्टर्नीको प्रमोसन गीतमाथि शिक्षक महासंघको आपत्ति

    अभिनेत्री प्रियंका कार्कीले निर्माण गरेको चलचित्र ‘मास्टर्नी’ को प्रमोसन गीतमा नेपाल...

हिमालयन रिम फिल्म प्रदर्शनी काठमाडौंमा सुरु

    २०२६ (दोस्रो) हिमालयन रिम फिल्म प्रदर्शनी” नेपालमा शुरु भएको छ ।...

सीजीले ल्यायो वर्ल्ड कप टु वर्ल्ड कप योजना

  फुटबलको महाकुम्भ  विश्वकप  को ज्वरोले अहिले सम्पूर्ण विश्वलाई छोइसकेको छ । नेपाली...

शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...