भदौ १६ बाट इन्टु मिन्टु लण्डनमाको देश दौडाहा



 

साम्राज्ञी राज्य लक्ष्मी शाह र धिरज मगरको मुख्य भूमिका रहेको चलचित्र इन्टु मिन्टु लण्डनमाले मोफसल टुरको आयोजना गर्ने भएको छ ।

निर्देशक रेनेशा वान्तवा राईको जानकारी अनुसार  चलचित्रको मोफसल टुर भदौ १६ गते झापाको बिर्तामोडबाट सुरु हुनेछ।

त्यसपछी १७ गते दमक , २२ गते इटहरी र बिराटनगर, २३ गते धरान, २६ गते पोखरा, २७ गते चितवन, २८ गते बुटवल र २९ नेपालगन्ज पुगेर चलचित्र निर्माण टिम काठमाडौं फर्किने छ ।

कोरियोग्राफर रेनेशा वान्तवा राईको डेब्यु निर्देशन रहेको चलचित्रमा प्रज्वल समशेर जबरा र प्रभु समशेर जबराको निर्माण रहेको छ ।

शैलेन्द्र धोज कार्कीको छायांकन रहेको चलचित्रमा टिसूजिल कर्माचार्य, हर्कुलस बस्नेत, स्वप्न सुमन र बसन्त सापकोटाको संगीत रहेको छ ।

चलचित्र का अन्य कलाकारमा शारुक ताम्राकार, दिलभुषण पाठक, विजय लामा, रुवी राणालगायत मुख्य भूमिकामा छन् ।

प्रतिक्रिया दिनुहोस
बागमतीका मुख्यमन्त्री जम्कट्टेल अस्वस्थ, हेलिकप्टरबाट काठमाडौं ल्याइँदै

  वागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल अस्वस्थ भएका छन् । उनलाई हेलिकप्टरमार्फत् काठमाडौं

५ करोडको घर दिएर राजेशपायलले पत्नीसँग गरे डिभोर्स

    आफ्नो वैवाहिक जीवन सधैँ गोप्य राखिरहेका  राजेशपायल राईले श्रीमती साङबुङ राईसँग

नियमन सम्भव नभएपछि टिकटक प्रतिबन्ध : सञ्चार मन्त्रालय

    सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सामाजिक सञ्जाल टिकटकका गतिविधि नियमन गर्न

दुर्गा प्रसाईँको अभियानमा आएका महिलामाथि दुर्व्यवहार

    दुर्गा प्रसाईंले काठमाडौंमा आयोजना गर्न लागेको कार्यक्रमका लागि उपत्यका बाहिरबाट आएका