डब्ल्यूटीओबाट बाहिरिने ट्रम्पको चेतावनी



हाम्रो इकोनोमि

 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व व्यापार संगठन(डब्ल्यूटीओ) बाट अमेरिका बाहिरिने चेतावनी दिएका छन्। संगठनले अमेरिकामाथि गर्ने व्यवहार उचित नरहेको भन्दै ट्रम्पले संगठनबाट बाहिरिने चेतावनी दिएका हुन्।

 

एक अन्तर्वार्ताको क्रममा ट्रम्पले यस्तो चेतावनी दिएका हुन्। ‘अमेरिका पहिलो’ भन्ने नीतिका साथमा अघि बढिरहेका ट्रम्पले डब्ल्यूटीओले अमेरिकामाथि भेदभाव गरिरहेको आरोप लगाए। अहिले डब्ल्यूटीओसँग अमेरिकाको व्यापार नीति र खुला व्यापार प्रणालीको विषयमा मतभिन्नता देखिएको छ।

 

ड्रब्ल्यूटीओले अमेरिकाको सार्वभौमतामाथि नै प्रश्न उठेको अमेरिकी व्यापार प्रतिनिधि रोबर्ट लाइटजरले बताए। अमेरिकाको राष्ट्रपति बन्नुभन्दा अगाडिदेखि नै ट्रम्पले अमेरिकाको व्यापारको नीतिमा प्रश्न उठाउँदै आएका थिए। गत वर्ष ट्रम्पले डब्ल्यूटीओले सबैलाई नाफा पुगेको तर अमेरिकाको लागि भने यसले नोक्सानी पुगेको बताएका थिए।

ट्रम्पले डब्ल्यूटीओमा परेको उजुरीमा सबैजसोमा अमेरिकाको हार भएको भन्दै संगठनको आलोचना गरेका थिए। पछिल्लो समय अमेरिका केही विषयमा जस्तालाई त्यस्तै व्यवहार गर्ने मामिलामा अघि बढिरहेको छ।

अहिले सबैभन्दा चासोको विषय चीन बन्न पुगेको छ। अमेरिका र चीन विश्वका प्रमुख अर्थतन्त्र बोकेका मुलुकहरु हुन्। जसको कारण यी दुई मुलुकहरुको कारण समग्र अर्थतन्त्र समस्यामा पर्नसक्ने विश्लेषकहरुले बताउँदै आएका छन्।

आगामी सातादेखि २ खर्ब डलरका सामग्रीहरुमा कर बढाउने तयारी अमेरिकाले गरिरहेकोमा अमेरिकी राष्ट्रपतिले यस्तो चेतावनी दिएका हुन्।

प्रतिक्रिया दिनुहोस
एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...

कांग्रेस महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी...

देउवा पक्षको अधिवेशनमा जानेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया चलिरहेका बेला पार्टीको आधिकारिक प्रक्रियाबाहिर हुने...