यस कारण होटल सोल्टीमै सुरु भयो रिट्रिट



हाम्रो इकोनोमि

 

बिमस्टेक सम्मेलन स्थल होटल सोल्टीमा ‘रिट्रिट’ शुरु भएको छ । सम्मेलनमा सहभागी हुन आएका बिमस्टेक सदस्य राष्ट्रका कार्यकारी प्रमुखहरुका लागि गोकर्ण रिसोर्टमा आयोजना गरिने ‘रिट्रिट’ सडक पुुर्बाधार अभावका कारण होटल सोल्टीमै सुरु गरिएको हो ।

 

सामूहिक तथा व्यक्तिगत अनौपचारिक छलफल तथा कुराकानीका लागि ‘रिट्रिट’को आयोजना गर्ने प्रचलन रहेको छ । सम्मेलनमा सहभागी भएका कार्यकारी राष्ट्रप्रमुखहरुका लागि द्विपक्षीय तर अनौपचारिक कुराकानीका लागि ‘रिट्रिट’ महत्वपूर्ण मानिन्छ ।

 

नेपालले आयोजना गरेको सार्क शिखर सम्मेलनमा धुलिखेलमा ‘रिट्रिट’ को आयोजना गरेको थियो । यसपटक गोकर्णमा गर्ने भनिए पनि सडक बनाउन नसकेकाले सोल्टीमै हुन लागेको हो ।

बिमस्टेक सम्मेलनको आज दोस्रो दिन, सम्मेलनको दोस्रो शत्र १० बजेबाट सुरु हुँदै छ ।

प्रतिक्रिया दिनुहोस
एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...

कांग्रेस महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी...

देउवा पक्षको अधिवेशनमा जानेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया चलिरहेका बेला पार्टीको आधिकारिक प्रक्रियाबाहिर हुने...