प्रदेश सरकार संघीय सरकारको शाखा कार्यालय होईन भन्दै यसरी कडकिए मुख्यमन्त्री राउत



हाम्रो इकोनोमि

 

 

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले समृद्ध नेपाल खुसी नेपालीको नाराको भविष्य प्रदेश २ को समृद्धिसँग जोडिएको बतएका छन्।

 

प्रदेश २ समृद्ध भए मात्र नेपाल समृद्ध हुन्छ, प्रदेश २ का जनता खुसी भए नेपाली मात्र नेपाली खुसी हुने उनको टिप्पणी थियो।

 

‘देशलाई समृद्ध बनाउनु छ भने प्रदेश २ लाई समृद्ध बनाउनुपर्यो, अधिकारसम्मपन्न बनाउनुपर्यो बुधबार नेपाल राष्ट्रिय माड्वारी परिषद्को १५ साधारण सभालाई लहानमा उद्घाटन गर्दै मुख्यमन्त्री राउतले भने,‘प्रदेश बलियो हुन अधिकार र स्रोत सम्पन्न हुनुपर्छ।’

 

ुसंघीय सरकारले प्रदेश सरकारलाई आफ्नो शाखा कार्यालयजस्तो व्यवहार गरिरहेको छु, उनले भने,‘प्रदेशभीत्रको शान्ति सुरक्षाको जिम्मा प्रदेश सरकारलाई नदिएर मातहतको कार्यालय जस्तो व्यवहार देखाएको छ।’

 

‘प्रदेशको सुरक्षा नीति, शिक्षा नीति, स्वास्थ्य नीति संघीय सरकारले बनाउने होईन’ उनले भने,‘यो नीति प्रदेश सरकारले बनाउने हो।’ सबै नीति संघीय सरकारले बनाउने, अधिकार संघीय सरकारसँगै रहने हो भने संघीयतामा जानुको अर्थै भएन्, उनले असन्तुष्टि पोखे।

 

ुअहिले यहाँ भुलभलैयाको खेल भैरहेको छ। प्रदेशलाई यो दिन्छु त्यो दिन्छु भन्दै भुलभुलैयाको खेल चलिरहेको छु, उनले भने,‘यो भुलभुलैयाको खेल धेरै दिन टिक्दैन, अधिकार लिन जानेका छौं।’ उनले छिटै प्रदेश सरकारले ५० प्रतिशत महिलाको सहभागीता रहनेगरी प्रदेश प्रहरी विधेयक प्रदेश संसदबाट पास गर्ने बताए।

विधेयक पास भएपछि प्रदेशको आफ्नै प्रहरी हुने उनको भनाई छ। यो प्रहरी यहाँको औद्योगीक र व्यपारिक सुरक्षालाई प्राथमिकतामा राखेर परिचालन गरिने गरि योजना बनिरहेको उनले बताए।

 

भारतको गुजरातसँग प्रदेश २ लाई तुलना गर्दै मुख्यमन्त्री राउतले भने,‘उद्योगीहरुले जसरी उद्योग स्थापना गरेर उदेकलाग्दो गुजरातलाई गुलजार बनाए त्यसैगरी यो प्रदेशपनि उद्योगीहरुले गुलजार बनाउँछ।’ उनले सभामा देशभरबाट सहभागी मारवाडी समूदायलाई यस प्रदेशमा लगानी गर्न आग्रह गरे। औद्योगीक र सुरक्षाको वातावरण हामी बनाउँछौ, तपाईहरु लगानी गर्न तयार हुनुस्’ उनको भनाई छ।

हुन त अहिले हामी आफै असुरक्षीत छौ प्रहरी प्रशासन अझै संघीय सरकारकै निर्देशनमा परिचान भैरहेको तथ्य कोट्याउँदै उनले भने,‘अहिलेको प्रहरी प्रशासन संघीय सरकारबाट परिचालन छ, छिटै प्रदेशको प्रहरी प्रशासन हुन्छ।’ उनले थपे, प्रदेश प्रहरी उद्योगी व्यपारिको सुरक्षामा परिचालन गर्छौ।

 

यो प्रदेशको ८ वटै जिल्ला आयातको केन्द्र भारतको प्रवेशद्वारसँग टाँसिएकाले पनि उद्योग व्यपारका लागि यो प्रदेश मैत्री भएको उनको तर्क छ। यो सम्भावना भएको प्रदेश भएको बताउँदै उनले यहाँ केहि दिनमात्र संघीय सरकारको मनोमानी चल्ने चेतावनी दिए।

 

प्रतिक्रिया दिनुहोस
आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...

कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...