भारतले शुरु गर्यो नेपालबाट आयात हुने कार्गोमा विद्युतीय ट्याकिङ सिस्टम



हाम्रो इकोनोमि

 

 

भारतमा नेपालबाट आयातित बस्तुको विद्युतीय कार्गो ट्र्याकिङ सिस्टम शुरु भएको छ । ट्रयाकिङ सिस्टम पाइलट परियोजनाको रुपमा शुरु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । २४ अ‍ै घण्टा जीपिएसमा आधारित यस परियोजनाले हिमालयन देश नेपालबाट आयात गर्न लाग्ने समय र पैसा दुबैको बचत गर्छ ।

 

कन्टेनरमा भएको सामान चोरी हुनबाट पनि बचाउँछ । कस्टमका आयुक्त डिके श्रीनिवासका अनुसार यो रेलरुटबाट बिशाखापाटनसम्म पुर्याउने सामानको आवागमनको लागि एउटा ऐतिहासिक स्थल हो ।

 

यो परियोजना सफल भएको अवस्थामा अन्य स्थानमा पनि लागू गरिने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारत सरकारले केही वर्ष पहिला विशाखापाटनलाई कोलकता—हल्दिया पछिको नेपालमा आधारित वस्तुको लागि दोस्रो द्वारका रुपमा लिएको थियो ।

 

यस परियोजनाले आयात गर्न लाग्ने लागत र समयलाई कम गर्छ साथसाथै दुइरतीन महिनालाग्ने समयलाई दुई हप्तामा झार्नेछ । अहिले नेपालमा आधारित आयातकर्ताले ८ वटा डकुमेन्ट पेश गर्नुपर्ने अवस्था छ ।

 

यो परयोजनाले यस्तो झन्झटबाट मुक्त गर्नेछ भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...