ओली– मोदीबीच शुक्रवार द्विपक्षीय वार्ता, केही समझदारीमा यसरी हुँदैछ हस्ताक्षर



हाम्रो इकोनोमि

 

 

बिमस्टेक शिखर सम्मेलनमा सहभागितासँगै नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच महत्वपूर्ण द्धिपक्षीय वार्ता हुनेभएको छ ।

 

सम्मेलनमा सहभागि हुन भोलि बिहीबार काठमाडौं आउने प्रधानमन्त्री मोदी र प्रधानमन्त्री ओलीबीच शुक्रबार द्धिपक्षीय भेटवार्ताको व्यवस्था मिलाइएको छ ।

 

सम्मेलनको अवसरमा भारत र नेपालबीच छुट्टै दुई सम्झौता हुँदैछन्, त्यसमा रक्सौल–काठमाडौं रेल्वे र बल्क कार्गो सम्बन्धी सम्झौता छन् । दुबै प्रधानमन्त्रीको उपस्थिती यी सम्झौता हुनेछन् । त्यसबाहेक भारतका प्रधानमन्त्री मोदीले पशुपति दर्शन गर्ने र धर्मशाला उद्घाटन गर्ने कार्यक्रम पनि रहेको छ । मोदीले उक्त धर्मशाला नेपाललाई हस्तान्तरण गर्नुहुनेछ ।

 

नेपाल र भारतबीच भारतीय रेललाई रक्सौलबाट काठमाडा्रै जोड्नेवारे सहमति भइसकेको छ । जस अनुसार, उक्त लेनलाइनको पूर्व सभाब्यता अध्ययन र बिस्तृत परियोजना प्रतिवेदनका लागि भारत सरकारले सहयोग गर्नेछ ।

एक बर्षभित्र यो अध्ययन सकिने बताइएको छ । त्यसैगरि, दुबै पक्षबीच द्धिपक्षीय पारवहनका लागि थप बिन्दुको प्रयोग र पारवहन प्रक्रिया सहजीकरण गर्ने सम्वन्धि समझदारी पत्रमा पनि हस्ताक्षर हुनेछ ।

 

तर ती केही सम्झौता र समझदारीसंगै दुबै प्रधानमन्त्रीले भ्रमणका आदानप्रदानका क्रममा भएका सहमति, समझदारी र प्रतिबद्धतावारे रिम्यू गर्ने प्रधानमन्त्री श्रोतले बताएको छ ।

प्रधानमन्त्री ओलीको यो चौथो नेपाल भ्रमण हो । सन् २०१४ मा प्रधानमन्त्री भएपछि नेपालको द्धिपक्षीय भ्रमण आउनु भएका मोदी त्यसपछि लगत्तै सार्कको १८ औं शिखर सम्मेलनमा सहभागि हुन नेपाल आउनुभएको थियो ।

 

नयाँ संविधान अनुसार भएको संघीय निर्वाचनपछि बनेको सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणपछि उहाँकै निमन्त्रणमा मोदी नेपालको राजकीय भ्रमणमा आउनुभएको थियो ।

बिमस्टेकको सम्मेलनमा आएपछि प्रधानमन्त्री मोदीले नेपालका प्रधानमन्त्रीसँग द्धिपक्षीय वार्ता गर्ने कार्यक्रम राखेको भारतीय विदेश मन्त्रालयले बताएको छ ।

नेपालले संविधान जारी गरेपछि त्यसमा असन्तुष्टी जनाउँदै भारतले लगाएको नाकाबन्दीपछि बिग्रेको द्धिपक्षीय सम्वन्ध अहिले सामान्य अवस्थामा फर्केको छ ।

भारतीय प्रधानमन्त्री मोदीले बिगतमा भएको तिक्ततापूर्ण सम्वन्धलाई बिर्सेर अघि बढ्न भारत तयार रहेको बताउँदै आउनुभएको छ ।

 

दुबै प्रधानमन्त्री एक अर्का देशको राजकीय भ्रमण गरेर समयसीमा तोकेरै द्धिपक्षीय समस्या समाधान गर्ने प्रतिबद्धता राखे अनुसार काम पनि अघि बढेका छन् ।

श्रोतका अनुसार, द्धिपक्षीय बैठकमा नेपाल र भारतबीच सन् १९५० को सन्धी लगायतका समग्र द्धिपक्षीय सम्वन्धलाई पुनरावलोकन गर्न बनेको ईपीजीको कार्यकाल सकिएको र त्यसले तयार पारेको साझा प्रतिवेदनवारे पनि छलफल हुनेछ ।

इपीजीको कार्यकाल जुलाईको पहिलो साता नै सकिएपनि दुबै प्रधानमन्त्रीलाई प्रतिबेदन बुझाउने अवसर पाएका छैनन । ईपीजीले प्रतिवेदन बुझाएपछि बल्ल त्यसवारे दुबै सरकारले निर्णय लिनेछन् ।

 

प्रधानमन्त्री ओलीले सार्कको शिखर सम्मेलन आयोजना गर्नेबारेमा समेत भारतीय समकक्षीसँग वार्ता गर्ने सम्भावना छ ।

 

नेपालमा भएको नयाँ निर्वाचनपछि भनेको शक्तिशाली सरकार र भारतीय सरकारबीच उच्च राजनीतिक तहमा भएका भ्रमणका आदानप्रदानले द्धिपक्षीय सम्वन्धमा समझदारी बिकास भएको छ ।

 

प्रधानमन्त्री ओली र मोदीबीच छ महिनाका बीचमा हुन लागेको यो तेश्रो द्धिपक्षीय वार्ता हो ।

 

प्रतिक्रिया दिनुहोस
शिक्षा र स्वास्थ्यको कर हटाउने सरकारको निर्णय

    सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट...

गगनसँग सति जान सकिँदैन : मोहन बस्नेत

    नेपाली कांग्रेसका नेता मोहन बस्नेतले गगन थापाको नेतृत्वमा परिचालित रुपमा विशेष...

अर्याल र जमरकट्टेललाई माछापुच्छ्रे बैंकमा नयाँ जिम्मेवारी

    माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो उच्च व्यवस्थापन टोलीलाई थप सुदृढ बनाउने उद्देश्यका...

एमाले बागमती सरकारका ६ मन्त्रीको राजीनामा

    बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका ६ मन्त्रीले सामुहिक राजीनामा दिएका...