छात्रामाथि यौन दुर्ब्यवहारको आरोपमा प्रिन्सीपल पक्राउ



हाम्रो इकोनोमि

 

 

छात्रामाथि यौन दुर्ब्यवहारको आरोपमा बुटवलको एक निजी स्कुलका प्रिन्सीपल पक्राउ परेका छन् ।

 

बुटवल ११ नहरपुरमा रहेको ज्ञानपुञ्ज सेकेन्डरी इंगलिस बोर्डिङ स्कुलका प्रिन्सीपल तोयाराम पौडेललाई इलाका प्रहरी कार्यालय बुटवलले नियन्त्रणमा लिएको हो ।

 

स्कुलको होस्टेलमा बस्ने कक्षा १० कि छात्रामाथि अभद्र ब्यवहार गर्ने, गोप्य अङ्गहरु छुने, छात्राहरूलाई राति एक्लै बोलाएर बलात्कारको प्रयाससम्म गर्ने गरेको आरोप अभिभावक र स्थानीयले लगाएका छन् ।

ती छात्राले आफ्ना आमाबुबासंग प्रिन्सीपल पौडेलले गरेको दुर्ब्यवहार बारेमा बताएपछि बुधबार स्थानीयले विहानैदेखि विरोध प्रदर्शन र नाराबाजी गरेका छन् । स्थानीयको प्रदर्शनका कारण विहानैदेखि विद्यालय परिसरमा तनाव उत्पन्न भएको छ ।

 

आक्रोशित प्रदर्शनकारीले विद्यालयमा तोडफोडको समेत प्रयास गरेपछि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

 

घटनाको अनुसन्धान गर्न बाँकी नै रहेको र विद्यालयका प्रिन्सीपललाई नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक अमर थापाले  बताए ।

 

अभिभावकले घेरेपछि विद्यालयमा पठनपाठन हुन सकेको छैन भने विद्यालय बन्द गरिएको छ । विद्यालयमा १ हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।

 

प्रिन्सीपल पौडेलले भने आफूलाई फसाउन खोजिएको बताएका छन् । ‘मलाइ फसाउने षडयन्त्र गरिएको छ, यो बिल्कुलै गलत कुरा हो, अभिभावकले विद्यालयमा कुनै पनि गुनासो गरेका छैनन्, केही मान्छेहरुको उक्साहटमा यस्तो भएको हो’ इलाका प्रहरी कार्यालय बुटवलमा रहेका उनले  भने ।

 

प्रतिक्रिया दिनुहोस
एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...

कांग्रेस महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी...

देउवा पक्षको अधिवेशनमा जानेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया चलिरहेका बेला पार्टीको आधिकारिक प्रक्रियाबाहिर हुने...