भुटानको अन्तरिम सरकारका प्रमुख काठमाडौंमा, श्रीलंकाका राष्ट्रपति आउँदै



हाम्रो इकोनोमि

 

 

भुटानको अन्तरिम सरकारका प्रमुख वाङचुकलाई स्वागत गर्दै सरकराका उपप्रधान एवं रक्षामन्त्री पोखरेलसहित नेपाली बिहीबारदेखि हुन लागेको चौँथो बिमस्टेक शिखर सम्मेलनमा सहभागी हुन भुटानको अन्तरिम सरकारका प्रमुख दाशो छिरिङ वाङ्चुक काठमाडौं आइपुगेका छन्। वाङचुकलाई सरकारका उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे।

 

वाङचुक २०१४ देखि भुटानका प्रधानन्यायाधीश पनि छन्। आम निर्वाचन गर्न यही अगस्ट १ मा राष्ट्रियसभा विघटन गरिएपछि बाङचुक अन्तरिम सरकारका प्रमुख नियुक्त भएका हुन्। उनले कामचलाउ सरकारको प्रमुख सल्लाहकारको हैसितमा काम गरिरहेका छन्।

बिमस्टेकमा सहभागी हुन सात सदस्य राष्ट्रका उच्च सरकारी अधिकारी र विदेशमन्त्रीहरू काठमाडौं आइसकेका छन्।

 

बिमस्टेकका अन्य सदस्य राष्ट्रका राष्ट्राध्यक्षहरू पनि काठमाडौं आउँदैछन्। आजै श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरीसेना पनि काठमाडौं आउँदैछन्।

 

आज बिमस्टेक विदेशमन्त्री स्तरीय बैठक हुँदैछ। बैठकले सम्मेलनका एजेन्डा तय गर्ने तयारी छ।

 

बहुपक्षीय आर्थिक तथा प्राविधिक सहयोगका लागि बंगाल खाडीका राष्ट्रहरूको प्रयास (बिम्स्टेक) मा दक्षिण पूर्वी एसियाका नेपालसहित भारत, बंगलादेश, भुटान, श्रीलंका, थाइल्यान्ड, र म्यानमार सदस्य छन्।

 

नेपालले अध्यक्षका हैसियतमा यसपटक बिमस्टेक शिखर सम्मेलन आयोजना गरेको हो।

 

प्रतिक्रिया दिनुहोस
म संघीयता विरोधी होइन : बालेन शाह

    मधेशवादी दलका नेताले प्रधानमन्त्री बालेन शाहसँगको भेटमा रास्वपाको महाधिवेशनको प्रसङ्ग पनि...

धार्मिक अगुवासँग रविले गरे छलफल

    सामाजिक सद्भाव कायम राख्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले...

कप्तानगञ्ज घटनाको विरोधमा विराटनगरमा प्रदर्शन

     सुनसरीमा कप्तानगञ्जमा भएको घटनाको विरोधमा विराटनगरमा प्रदर्शन भएको छ । आइतबार...

महोत्तरीको सदरमुकाम जलेश्वर र गौशाला बजार पनि बन्द

     सुनसरीको देवानगञ्ज र सिरहाको गोलबजारमा भएको घटनाको विरोधमा महोत्तरीको सदरमुकाम जलेश्वर...