म्यानमारका राष्ट्रपति विन मिन्ट काठमाडौंमा, रक्षामन्त्री पोखरेलको स्वागत



हाम्रो इकोनोमि

 

 

म्यानमारका राष्ट्रपति विन मिन्ट आज (मंगलबार) दिउँसो काठमाडौं आइपुगेका छन् । 

राष्ट्रपति मिन्ट बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिमस्टेक) सम्मेलनमा भाग लिनका लागि मंगलबार अपराह्न काठमाडौं आइपुगेका हुन् । उनलाई स्वागत गर्न उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल विमानस्थल पुगेका थिए ।

उनी सम्मेलन शुरु हुनु दुई दिन अगावै नेपाल आएका हुन् । बिमस्टेक सम्मेलन बिहीबार शुरु हुँदैछ । सम्मेलनमा बंगलादेश, भारत, श्रीलंका, थाइल्याण्ड, म्यानमार, भुटानलगायतका राष्ट्र प्रमुखहरुले भाग लिनेछन् । म्यानमारका राष्ट्रपति मिन्टले १४ गते राष्ट्रपति विद्या भण्डारीसँग भेटवार्ता गर्नेछन् भने १६ गते लुम्बिनी भ्रमणमा जाने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

सन् १९९७ मा स्थापना भएको बिमस्टेकको चार वर्षअघिबाट नेपाल अध्यक्ष राष्ट्र हो । बिमस्टेकको पहिलो सम्मेलन थाइल्याण्डमा सन् २००४ मा भएको थियो। दोस्रो भारतमा सन् २००८ मा भएको थियो । तेस्रो शिखर सम्मेलन ६ वर्षपछि सन् २०१४ मा म्यानमारमा भएको थियो । त्यसपछिको अध्यक्ष नेपाल हो । कार्यतालिकाअनुसार नेपालमा चौथो सम्मेलन नेपालले गर्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस
आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...

कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...