आेली कै पालामा संघीयता धरापमा, उनी एकात्मक राज्य प्रणालीको पक्षमा छन्ः विमलेन्द्र निधि



हाम्रो इकोनोमि

 

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले निर्मला पन्तको बलात्कार पछि भएको हत्याको विषयमा स्थानीयको आवाजलाई दवाएर सरकारले न्यायको ढोका बन्द गर्न खोजेको आरोप लगाएका छन् ।

मंगलबारदेखि राजधानीमा सुरु भएको नगरपालिका संघको छैटाैं अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै निधिले सरकार अपराधीको संरक्षणमा लागेकाले कानुनी राज्यको उपहास भएको आरोप लगाएका छन् ।

सरकारकै कारण संघियता खतरामा परेको भन्दै निधिले दुई तिहाईको सरकारको हातबाट संधियताले मृत्युवरण गर्न लाग्नु अवम्मको विषय भएको जनाए ।

प्रदेश नम्बर २ को प्रदेश सभालाई सम्बोधन गर्ने क्रममा दुई साताअघि प्रधानमन्त्री केपी शार्म ओलीले सप्तरीको मलेठ घटनामा आफ्नो पार्टी सरकारमा नभएको भनेर सरकारमाथि दोष थोपरेको प्रसंग कोट्याउँदै निधिले भने,‘प्रधानमन्त्रीज्यू, अहिले त तपाईँको पार्टी सरकारमा छ, तपाईँ प्रधानमन्त्री हुनुहुन्छ, गृहमन्त्री तपाईँकै हुनु्हुन्छ। तपाईँकै पालामा गोली चल्यो नि त।’

‘संघमा तपार्इँकै दुई तिहाई बहुमत छ, प्रदेश सरकार तपाईँकै छ, स्थानीय तहमा पनि तपार्इँकै बहुमत छ,’निधिले भने,‘अनि अधिकार दिन किन कन्जुस्याइँ गर्नुहुन्छ?’ सरकार संघमा अधिकार प्रत्योजनमा कन्जुस बन्दै गएकाले सिंगो नेकपा नै कमजोर प्रणालीको विकासमा लागि परेको निधिको टिप्पणी छ ।

प्रतिक्रिया दिनुहोस
एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...

कांग्रेस महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी...

देउवा पक्षको अधिवेशनमा जानेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया चलिरहेका बेला पार्टीको आधिकारिक प्रक्रियाबाहिर हुने...