बिम्स्टेक वरिष्ठ पदाधिकारीको बैठक शुरु : घोषणापत्र र अध्ययन प्रतिवेदनमा केन्द्रित



हाम्रो इकोनोमि

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक विकासका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) सदस्य देशका वरिष्ठ पदाधिकारीको बैठक राजधानीमा शुरु भएको छ ।

सदस्य देशका परराष्ट्र-बाह्य मामिला-विदेश मन्त्रालयका सचिवहरुको उक्त बैठकमा व्यापार तथा लगानी, यातायात र सञ्चार, प्रविधि, आतङ्कवादको प्रतिरोध र अन्तर्राष्ट्रिय अपराध, कृषि, गरिबी निवारण, जनस्वास्थ्यमा केन्द्रित रहेर छलफल हुने परराष्ट्र सचिव शङ्करदास वैरागीले जानकारी दिए ।

नेपाल बिम्स्टेकको अध्यक्ष मुलुक भएकाले उक्त बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्वसँगै अध्यक्षता समेत गरेका सचिव वैरागीले चौथो शिखर सम्मेलनपछि जारी हुने काठमाडौं घोषणा–पत्रका मस्यौदामा गहन छलफल गर्ने बताए । मन्त्रिस्तरीय बैठक र बिम्स्टेकका अन्य संयन्त्रले प्रस्तुत गरेका प्रतिवेदनमा गम्भीर विचारविमर्श हुने उनले जानकारी दिए ।

वरिष्ठ पदाधिकारीको बैठकमा बिम्स्टेकले पहिचान गरेका व्यापार, लगानी, यातायात तथा सञ्चार, ऊर्जा, पर्यटन, कृषि, प्रतिआतंकवाद, गरिबी निवारण, जनस्वास्थ्य, वातावरण तथा प्राकृतिक विपत्ति र जलवायु परिवर्तन जस्ता १४ क्षेत्रमा हालसम्म भएका प्रगतिको समीक्षा भइरहेको छ । चौथो शिखर सम्मेलनको तयारी, काठमाडौँ घोषणापत्रको अन्तरवस्तु तथा त्यसको मस्यौदालाई अन्तिम रूप दिने र शिखर सम्मेलनलाई सफल तुल्याउने विषयमा नै केन्द्रित भएर सघन छलफल भइरहेको सचिव वैरागीले बताए ।

साउन २६ गते काठमाडौँमा सम्पन्न सदस्य मुलुकका वरिष्ठ पदाधिकारीको विशेष बैठकको समीक्षाका साथै १५ औँ मन्त्रिस्तरीय बैठकयता भएका बिम्स्टेकका अन्य बैठकका प्रतिवेदनको विवेचना हुनेछ । भन्सार सहायतासम्बन्धी कार्यदलको प्रतिवेदन, गत वर्ष बैङ्ककमा भएको बिम्स्टेक यातायात सम्पर्क कार्यदलको दोस्रो बैठकको प्रतिवेदन, बिम्स्टेक तटीय पानीजहाज सम्झौतासम्बन्धी नयाँदिल्लीमा सम्पन्न पहिलो बैठकको प्रतिवेदन र बिम्स्टेक सवारीसाधन सम्झौतासम्बन्धी कार्यदलको पहिलो बैठकको प्रतिवेदन पेश हुनेछ ।

प्रतिक्रिया दिनुहोस
शिक्षा र स्वास्थ्यको कर हटाउने सरकारको निर्णय

    सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट...

गगनसँग सति जान सकिँदैन : मोहन बस्नेत

    नेपाली कांग्रेसका नेता मोहन बस्नेतले गगन थापाको नेतृत्वमा परिचालित रुपमा विशेष...

अर्याल र जमरकट्टेललाई माछापुच्छ्रे बैंकमा नयाँ जिम्मेवारी

    माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो उच्च व्यवस्थापन टोलीलाई थप सुदृढ बनाउने उद्देश्यका...

एमाले बागमती सरकारका ६ मन्त्रीको राजीनामा

    बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका ६ मन्त्रीले सामुहिक राजीनामा दिएका...