राष्ट्रियसभाको समितिमा सभापति बन्न कोमल वलीदेखि विडारीसम्म,आज मनोनयन हुँदै, कस्ले मार्ला बाजी



हाम्रो इकोनोमि

 

राष्ट्रियसभाका चार विषयगत समितिको सभापति पदका लागि आज मनोनयन दर्ता हुँदैछ ।

 

दिगो विकास तथा सुशासन, विधायन व्यवस्थापन, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन र राष्ट्रिय सरोकार तथा समन्वय समितिका लागि सभापतिको मनोनयन हुन आज हुने भएको छ । बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म मनोनयन समय तोकिएको छ ।

राष्ट्रियसभा सचिवालयले आजै साढे ४ बजे उम्मेद्वारको सूची प्रकाशन गर्ने भएको छ । सभापतिका लागि बुधबार निर्वाचन हुने कार्यक्रम छ । संघीय संसदको माथिल्लो सदन हो राष्ट्रियसभा । ४ विषयगत समितिहरु हाल ज्येष्ठ सदस्यले सञ्चानल गर्दै आएका छन् ।

कुन समितिमा कस्को दावी ?

दिगो विकास तथा सुशासन समिति
दिगो विकासका आयोजना र लक्ष्यका बारेमा छलफल गर्ने यो समितिमा १४ सदस्य छन् । राष्ट्रपतिबाट मनोनीत विमला राई पौड्याल, कालीबहादुर मल्ल र दिनानाथ शर्मा उक्त समितिमा सदस्य छन् । उक्त समितिको सभापतिमा भैरवसुन्दर श्रेष्ठ सरकारको रोजाइमा रहेका छन् भने उनीसँगै इन्दु कडरिया पनि सभापतिको लागि लबिङमा रहेकी छन् ।

विधायन व्यवस्थापन समिति
अर्को महत्वपूर्ण समिति हो विधायन व्यवस्थापन समिति । कानुन निर्माण र कानुनी कार्यहरुका लागि उक्त समितिले काम गर्नेछ । उक्त समितिको सभापतिको पहिलो रोजाइमा पर्शुराम मेघी गुरुङ छन् भने नन्दा चपाईलाई बनाउनुपर्ने तर्क पनि नेकपाभित्र उठेको नेताहरु बताउँछन् । उक्त समितिमा नेपाली कांग्रेसका जितेन्द्र नारायण देव, बद्री पाण्डे र राजपाका वृशेषचन्द्र लालसहित १४ जना सदस्य छन् ।

प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति
कानुन निर्माणपछि नियमावली र निर्देशिका निर्माण गरी सरकारी निकायले गर्ने कामहरुको बारेमा अध्ययन गर्ने क्षेत्राधिकार भएको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको सभापतिको पहिलो रोजाइमा रामनारायण बिडारी रहेका छन् ।

पूर्व माओवादीका नेता बिडारीले कानुनमन्त्री हुनुपर्ने माग गरेको र उनी समेटिन नसकेकाले उनलाई उक्त समितिको सभापति बनाउनुपर्ने दाबी नेकपाका अध्यक्ष पुष्पकमल दाहालले गरेका छन् । दाहाल नै उनको पक्षमा रहेकाले बिडारी नै सभापतिको पहिलो रोजाइमा छन् । राधेश्याम अधिकारी समेत सदस्य रहेको उक्त समितिमा १३ सदस्य छन् ।

राष्ट्रिय सरोकार तथा समन्वयन समिति
राष्ट्रिय सरोकारका मुद्दाहरुमा छलफल गर्ने र आवश्यक निर्देशन दिने क्षेत्राधिकार भएको उक्त समितिमा १४ जना सदस्य रहेका छन् । समितिको सभापति महिला बनाउनुपर्ने भएकाले पहिलो रोजाइमा दिलकुमारी रावल थापा (पार्वती) रहेकी छन् ।

उक्त समितिमा कोमल वली समेत रहेकाले उनले पनि आफूलाई सभापतिको प्रतिष्पर्धीको रुपमा दाबी गरेकी छन् । प्रधानमन्त्री केपी शर्मा ओली नजिक रहेकाले वलीले उक्त पदमा दाबेदारी राखेकी हुन् ।

प्रतिक्रिया दिनुहोस
रास्वपा केन्द्रीय समितिमा ८ जना मन्त्री निर्वाचित

    बालेन शाह नेतृत्वको सरकारका ८ जना मन्त्रीहरु सत्तारुढ दल रास्वपाको केन्द्रीय...

रास्वपामा ४९ महिला केन्द्रीय सदस्यमा निर्वाचित

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को निर्वाचित केन्द्रीय सदस्यमा झन्डै आधा महिला...

बंगलादेश निर्यात गर्ने थप २० मेगावाट बिजुली रोकियो

    नेपालबाट बंगलादेशमा थप २० मेगावाट विद्युत् निर्यात गर्ने योजनामा भारतीय पक्षले...

खैरो हेरोइनसहित काठमाडौंबाट दुई जना पक्राउ

     नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोले खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको...