किन बामदेव गौतम सांसद बन्न चाहन्छन् ? यस्तो छ भित्री रहस्य



 

काठमाडौँ– सचिवालय सदस्य बामदेव गौतमलाई उपचुनाव लडाएर संसद प्रवेश गराउने विषयमा नेकपाभित्र आन्तरिक संवाद सुरु भएको छ । नेता गौतमलाई डोल्पाबाट चुनाव लडाउने विषयले नेकपाको सचिवालयमा प्रवेश पाएको छ तर औपचारिक निर्णय हुन चाहिँ बाँकी छ । गौतम बामगठबन्धन र एमाले–माओवादी सूत्रधारमध्येका एक नेता हुन् । नेकपाको उच्च स्रोतका अनुसार बामदेव दुई कारणले चुनाव लड्न चाहन्छन् ।

कारण १– पार्टीलाई नै जवाफ
तत्कालीन बामगठबन्धनको तर्फबाट साझा उम्मेदवारका रूपमा बर्दिया–१ बाट चुनाव लडेका गौतम काँग्रेस नेता सञ्जय गौतमसँग पराजित भएका थिए । नेकपाका सचिवालयमा गौतम र नारायणकाजी श्रेष्ठ मात्रै सांसद छैनन् । श्रेष्ठ गोरखा–२ मा बाबुराम भट्टराईसँग पराजित भएका थिए ।

त्यसपछि नेता गौतमले अन्तर्घातका कारण आफूले चुनाव हार्नुपरेको बताएका थिए । नेता गौतमले यस्तो बताएपछि तत्कालीन एमालेले छानविन समिति पनि बनाएको थियो । तर उक्त समितिको विस्तृत प्रतिवेदन भने बाहिर आएन ।

नेता गौतम अन्तर्घात गरेर आफूलाई हराउने नेता–कार्यकर्तालाई चुनाव जितेरै देखाउन चाहन्छन् । ‘उहाँ (बामदेव) मा चुनाव जितेरै सांसद हुने मन छ । यो अन्तर्घात गर्नेलाई जवाफ पनि हुन्छ भन्ने उहाँको बुझाइ छ ।’ नेकपा सचिवालयका एक सदस्यले  भने ।

कारण २– प्रधानमन्त्री बन्ने इच्छा
नेकपाका उच्च स्रोतले बताएअनुसार गौतम प्रतिनिधिसभाकै सदस्य बन्नका लागि इच्छुक हुनुमा उनमा प्रधानमन्त्री बन्ने अपेक्षाले पनि काम गरेको छ । मन्त्री हुन राष्ट्रियसभाको सदस्य भए पनि हुन्छ तर प्रधानमन्त्री बन्नका लागि प्रतिनिधिसभाकै सदस्य हुनुपर्ने संवैधानिक व्यवस्था छ । ‘भविष्यमा प्रधानमन्त्रीको सम्भावना हुन आफू पनि दौडमा रहन सकियोस् भनेर उहाँले प्रत्यक्ष चुनाव लडेर संसदमा प्रवेश गर्ने मन बनाउनु भएको छ ।’ बामदेव निकट मानिने तत्कालीन एमालेका एक नेताले बताए ।

तत्कालीन माओवादीका अध्यक्ष प्रचण्डले एक पटक संसदमै तत्कालीन एमालेभित्र आफूले धेरै नेतालाई प्रधानमन्त्री बनाएको, अब शीर्ष नेतामध्ये एक जना रहेको र उनी पनि भविष्यमा प्रधानमन्त्री बन्न सक्ने बताएका थिए । त्यसपछि एक पत्रिकालाई दिएको अन्तरवार्तामा नेता गौतमले पनि आफू भविष्यमा प्रधानमन्त्री बन्न सक्ने बताएका छन् ।

पार्टीभित्र के–के छलफल भएको छ ?
नेकपाका सचिवालयका एक सदस्यका अनुसार बामदेवलाई चुनाव लडाउने विषयमा पार्टीको सचिवालयमा छलफल सुरु भइसकेको छ । सचिवालय बैठकमा चुनाव लड्दा जितको सुनिश्चताको विषयमा पनि छलफल भएको ती नेताले बताए । सचिवालयको बैठकमा डोल्पा नै किन रु भन्ने विषयमा पनि छलफल भएको थियो । ‘उमेर, स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै डोल्पा कठिन हुन सक्छ । अलि सहरी क्षेत्रबाट चुनावमा उठ्दा सहज होला भन्ने दोस्रो विकल्पको सुझाव पनि दिएका छौँ, ती नेताले भने ‘तर उहाँको चाहना डोल्पा नै छ ।’

यसबाहेक प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मन्त्री बुढासँग एक्लाएक्लै भेट गरेर बामदेवलाई चुनाव लडाउने विषयमा छलफलसमेत गरिसकेका छन् । यस्तो भेटमा सांसद बुढाले आफूले पार्टीको निर्णय स्वीकार गर्ने बताएका छन् ।

बामदेवको चाहना के ?
बामदेवको इच्छा र बुढाले पार्टी निर्णय स्वीकार गर्ने बताए पनि नेकपाभित्र भने यसबारमा निर्णय हुन बाँकी छ । नेता गौतम पार्टीले चाँडै निर्णय गरे चुनावी तयारीमा जुट्न सकिने विश्वासमा छन् । सकेसम्म कात्तिकभित्रै चुनाव भए चुनावी प्रचारमा मौसमले साथ दिने र त्यसभन्दा ढिला भए उच्च हिमाली भेगमा रहेको डोल्पामा चिसोले चुनावी कार्यक्रम प्रभावित हुने गौतमको भनाइ रहेको ती नेताले बताए । ‘चाँडो निर्णय होस् भन्ने उहाँको चाहना छ ।’ ती नेताले भने । डोल्पा भूगोलको हिसाबले सबैभन्दा ठूलो जिल्ला हो । यद्यपि नेता गौतम मौन छन् । औपचारिक निर्णय नहुँदासम्म उनी बोल्न चाहेनन् ।

बुढालाई मन्त्री बनाउँदाका शर्त
डोल्पाबाट निर्वाचित सांसद बुढा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्य मन्त्री छन् । तत्कालीन एमाले निकट स्रोतका अनुसार बुढालाई नेता गौतमको चाहनामा राज्य मन्त्री बनाइएको हो । त्यसअघि बुढाले गौतमकै चाहनामा डोल्पाबाट चुनाव लड्ने अवसर पाएका थिए । ‘बुढाजीलाई सिट खाली गर्ने शर्तमा राज्य मन्त्री बनाइएको रहेछ । त्यसैअनुसार उहाँले पार्टी निर्णय मान्नु भन्नुभएको छ ।’ नेकपाको उच्च स्रोतले भन्यो । संसद सदस्य नरहे पनि ६ महिनासम्म मन्त्री पदमा बस्न पाइने संवैधानिक व्यवस्था छ । गौतमका छोरा र मन्त्री बुढा व्यावसायिक साझेदार पनि रहेको बताइएको छ ।

तर कतै विरोधको स्वर पनि छ
बुढालाई हटाएर वामदेव गौतमलाई चुनाव लडाउन थालिएको भन्दै कतिपय वृत्तमा यसको विरोध पनि सुरु भएको छ । गत साउन १८ गते डोल्पाका केही युवाले आफ्ना सांसद बुढालाई पदबाट राजीनामा गराउने खेल भइरहेको भन्दै आपत्ति जनाएका थिए । उनीपरूले काठमाडौंमा पत्रकार सम्मेलन गरी सांसद बुढाले डोल्पाली जनताको विश्वास जितेको र उनलाई पाँच वर्षसम्म काम गर्न दिन नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का नेतृत्वको ध्यानाकर्षण पनि गराएका थिए । नेता गौमतले भने यस्तो विरोधमा पार्टीभित्रैकै आफू विरोधी नेताहरूको हात रहेको आशङ्का गरेका छन् ।

बुढाले २०७४ को प्रतिनिधिसभाको चुनावमा फराकिले मतले काँग्रेस उम्मेदवारलाई पराजित गरेका थिए । बुढाको पक्षमा ११ हजार सात ६१ मत आउँदा काँग्रेस उम्मेदवार अङ्गदकुमार बुढाले तीन हजार एक सय ६६ मत मात्रै पाएका थिए । बुढा २०७० को दोस्रो संविधानसभामा पनि डोल्पाबाट निर्वाचित भएका थिए ।

तत्कालीन राजा ज्ञानेन्द्र शाहले शासन आफ्नो हातमा लिएपछि बुढा तत्कालीन डोल्पा जिल्ला विकास समितिको सभापतिमा मनोनित भएका थिए । पछि २०७० मा उनी एमाले प्रवेश गरेका थिए । बुढाको आर्थिक पृष्ठभूमि भने बलियो मानिन्छ ।

 

प्रतिक्रिया दिनुहोस
भाइरल शर्मिला वाइबा पक्राउ

  कलाकार पवन खतिवडा ‘म्याकुरी’माथि कुटपिट गरेको आरोपमा प्रहरीले शर्मिला वाइबालाई पक्राउ गरेको

प्रचण्डले परिवारबाहेक अरुलाई स्थान छैन भन्ने सन्देश दिए : जनार्दन

    नेकपा (माओवादी केन्द्रं) का उपमहासचिव जनार्दन शर्माले लिखित असहमति राख्दै पार्टीभित्र

राजेन्द्र महतोको राष्ट्रिय मुक्ति क्रान्ति अभियान

    राष्ट्रिय मुक्ति क्रान्ति अभियान’ का अगुवा नेता राजेन्द्र महतो दलबलसहित माइतीघरको

एमाले सरकार फेर्ने खेलमा छैन : ओली

  प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकार फेर्ने