हवाई यात्रुबाहेक अन्यलाई त्रिभुवन विमानस्थल प्रवेशमा निषेध



हाम्रो इकोनोमि

 

बिमस्टेक सम्मेलनको पाहुनाको आवागमन र सुरक्षालाई ध्यानमा राख्दै यात्रुबाहेकका व्यक्तिलाई प्रवेश निषेध गरिएको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्लथल नागरिक उडड्यन कार्यालयले प्रेस विज्ञप्ती नै जारी गरी यस्तो जनाएको हो ।

विमानस्थलमा प्रवेश गर्ने यात्रुको गोल्डेन गेटमै कडा सुरक्षा जाँच गरिनेछ । विमानस्थलमा एक्लै जान सक्षम रहेका व्यक्तिलाई साथमा अन्य आफन्त तथा साथीभाई लिएर नआउन विमानस्थल प्रशासनले सबैमा अनुरोध गरेको छ । प्रेस विज्ञप्तीमा एक्लै जान असक्षम रहेका यात्रुले एकजनासम्म सहयेगी मात्र भित्र लिएर जान सक्ने उल्लेख गरिएको छ । त्रिभुवन विमानस्थलका अनुसार अत्यावश्यक कारणले भित्र प्रवेश गरेका व्यक्तिले पनि १०–१५ मिनेटभित्रै विमानस्थल छोड्नुपर्ने जनाएको छ ।

विमानस्थल महाप्रबन्धक राजकुमार क्षेत्रीका अनुसार भाडाका ट्याक्सीलाई पनि विमानस्थलको गोल्डेन गेटभित्र प्रवेश गर्न पनि निषेध गरिएको छ भने निजी सवारी लिएर जानेले पनि यात्रु छाडेर सिधै फर्किनुपर्नेछ । ‘विमानस्थलभित्र प्रवेश अनुमति पास भएकाहरुको हकमा यो नियम लागू हुँदैन् ।’ महाप्रबन्धक क्षेत्रीले भने ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...