निर्मला हत्या प्रकरण : बम दिदी–बहिनीको अदालतबाट म्याद थप



हाम्रो इकोनोमि

 

१३ वर्षीया किशोरीको बलात्कारपछि हत्या घटनाको अनुसन्धानका क्रममा पक्राउ परेका बम दिदी–बहिनी रोशनी र बबिताको सोमबार अदालतबाट म्याद थप गरिएको छ ।

 

जिल्ला प्रहरी कार्यालयले शनिबार पक्राउ गरेको थियो । उनीहरुलाई थुनामा राख्नका लागि म्याद थप गरिएको जनाए पनि कति दिन म्याद थपेको खुलाएको छैन । एक महिनाअघि भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियो ।

प्रहरीले अनुसन्धानका क्रममा लापर्वाही गरेको भन्दै आन्दोलन चर्केपछि तत्कालीन सुरक्षा निकायका प्रमुख फेरिएपछि नयाँ टोलीले प्रारम्भिक चरणबाट पुनः अनुसन्धान शुरु गरेको हो । म्याद थपसँगै बम दिदी–बहिनीसँग बयान लिने तथा अन्य अनुसन्धानको काम चलिरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी कृष्ण ओझाले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
नयाँ टाटा पञ्च ईभी नेपालभर सार्वजनिक

    नेपालमा लामो समयदेखि बहुप्रतीक्षित मानिएको टाटाको नयाँ ‘पञ्च.ईभी’ काठमाडौँमा जारी ‘नाइमा...

शेरबहादुर देउवा पश्चिमको राजकुमार : शशांक

  नेपाली कांग्रेस राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाले पार्टीका पूर्वसभापति...

सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर

    सुबिसु लिमिटेड नेपाल प्रिमियर लिग (एनपीएल)को टोली सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर...

कांग्रेस देउवा समूहको राष्ट्रिय भेला सुरु

     नेपाली कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेला सुरु भएको छ ।...