मन्त्रीमण्डलमा ठूलै हेरफेर गर्दै प्रधानमन्त्री आेली, ईश्वर पोखरेल गृहमन्त्री बन्ने !



हाम्रो इकोनोमि

 

सरकारका वर्तमान मन्त्रीहरुको फेरबदल हुने निश्चित भएको छ ।

प्रधानमन्त्री आेलीले नेकपाका अर्का अध्यक्ष प्रचण्डसंगको गरेको लामो बैठकले मन्त्रीहरुलाई अदलबदल गर्न बाटो खुलेको आेली निकट स्रोतले जनाएको छ । यस्तै, गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लाई रक्षामन्त्रालयमा पठाएर गृहमन्त्रालयमा ईश्वर पोखरेललाई ल्याउने तयारीले मुर्त रुप लिएको छ ।

 

केहि दिन यता विकशीत घटनाक्रमले सरकारको चाैतर्फी आलोचना सुरु भएपछि आेली प्रचण्डले बालुवाटारमा झण्डै ३ घण्टा लामो अतिगोप्य छलफल गरेका थिए । कञ्चनपुरमा भड्कीएको हिंसा नियन्त्रणमा गृहमन्त्री बादलले स्थिति काबुमा राख्न नसकेको भन्दै आेलीले प्रचण्डसामू गुनासो राखेको स्रोतको दावी छ ।

 

प्रधानमन्त्री आेली बादलको काम कारवाहीमा पहिले देखि नै असन्तुष्ट रहेको जनाइएको छ । संस्कृत विश्वविद्यालयका उपकुलपति कुलप्रसाद कोइरालालाई एयरपोर्बाट फिर्ता ल्याएदेखि नै आेली क्रुद्ध बनेका थिए । पछिल्लो समय गृहमन्त्री बादलले फेरि युद्धमा बालसेनाको प्रयोग सम्बन्धि थाइल्याण्डमा हुन लागेको कार्यक्रममा जान लागेका लेलिन विष्टलाई एयरपोर्ट बाटै फर्काएपछि सरकारको आलोचना चुलिएको थियो ।

 

विपक्षी कांग्रेसलाई सडकदेखि सदनसम्म यस्ता कुरालाई मुद्धा बनाएर जनमत आफू तिर केन्द्रित गर्न बादलले सहज वातावरण सिर्जना गरिदिएको आेलीको बुझाई नेपालपानाले जनाएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस
एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...

कांग्रेस महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी...

देउवा पक्षको अधिवेशनमा जानेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया चलिरहेका बेला पार्टीको आधिकारिक प्रक्रियाबाहिर हुने...