राजदूत बनाउने कुरामा प्रचण्ड र ओलीबीच बिबाद, दुई अध्यक्षबीच चिसो बढ्दै



हाम्रो इकोनोमि

 

 

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रधानमन्त्री केपी ओलीबीचको सम्बन्ध अहिले कस्तो होलारु बजारमा अनेक अडकलबाजी चलिरहेका छन्। अत्यन्तै सौहार्द्रपूर्ण, आत्मीय वा तनावपूर्ण सम्बन्धबारे आ–आफ्नै अडकलबाजी छन्।

 

ओली र प्रचण्डबीचको सम्बन्ध त्यतिबेला तनावपूर्ण भयो, जतिबेला मन्त्रिपरिषदले राजदूत नियुक्तिको निर्णय गर्‍यो। ३२ असारको मन्त्रिपरिषद बैठकले पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीलाई भारत र साउदी अरेबियाका पूर्वराजदूत उदयराज पाण्डेलाई मलेसियाका लागि राजदूत नियुक्तिको निर्णय गरेको थियो।

 

त्यसलगत्तै प्रचण्ड र ओलीबीच झण्डै संवादहीनताको अवस्था आएको स्रोतको भनाइ छ। मन्त्रिपरिषदले निर्णय गरेलगत्तै पराराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले राजदूत नियुक्तिबारे औपचारिक जानकारी सार्वजनिक गरेका थिए। तर, अहिले त्यो सरकारी निर्णय कार्यान्वयन नहुने अवस्थामा पुगेको छ।

 

स्रोतका अनुसार आफूहरूसँग कुनै सल्लाह नगरिएको बताउँदै अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालले निर्णयलगत्तै आपति जनाएको स्रोतको भनाइ छ।

 

बेला–बेलामा सरकार सञ्चालन र निर्णयमा एकलौटी गरिएको बताउँदै प्रचण्डले ओलीसँग असन्तुष्टि प्रकट गर्दै आएका थिए। राजदूत नियुक्तिबारे परामर्श नगरी प्रधानमन्त्रीले निर्णय गरेकामा प्रचण्ड झनै रुष्ट भए।

 

प्रचण्डनिकट स्रोतका अनुसार उनले ओलीप्रति आक्रोश पोख्दै राजदूत नियुक्तिको निर्णय लागू नगर्न चेतावनी दिएका थिए। प्रचण्डले मन्त्रिपरिषदको निर्णय नसच्याएसम्म आफूले ओलीसँग कुनै संवाद नगर्ने घोषणा नै गरेका थिए। नेपाल समयले जनाएको छ ।

 

स्रोतका अनुसार प्रचण्ड र नेपालको चेतावनीकै कारण राजदूत नियुक्तिको निर्णय कार्यान्वयनमा नआउने निश्चित भइसकेको छ। तर, सरकार सञ्चालनमा कुनै छलफल नगरेको बताउँदै नेपाल र प्रचण्डको असन्तुष्टि कायमै रहेको स्रोतको भनाइ छ।

 

प्रतिक्रिया दिनुहोस
अब स्थानीय तहबाटै नापी र मालपोतको सेवा

    स्थानीय तहबाटै नापी तथा मालपोत सेवा दिन २०७ वटा पालिका इच्छुक...

किष्ट हस्पिटल नेपालकै उच्च सफल कलेजो प्रत्यारोपण दरको कीर्तिमान कायम

    किष्ट टिचिङ हस्पिटलले ग्यास्ट्रो विभागको नेतृत्वमा अंग प्रत्यारोपण सेवामा ऐतिहासिक सफलता...

सरकारले लोकतन्त्रको खिलाफमा कदम चाल्यो : प्रचण्ड

   नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बोलाइसकेको संसद् रोकेर अध्यादेश...

आयातित वस्तुको एमआरपीमा सरकार लचक

    आयातित मालवस्तुमा अनिवार्य रूपमा अधिकतम खुद्रा मूल्य (एमआरपी) उल्लेख गर्नुपर्ने व्यवस्थाले...