प्रधानमन्त्री ओलीले गृहमन्त्रीलाई सोधे २४ घण्टे स्पष्टिकरण, थापाको पद धरापमा



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वलडाकु लेनिन विष्टलाई थाइल्याण्ड जाने क्रममा विमानस्थलबाट फर्काइएकोबारे गृहमन्त्री रामबहादुर थापासँग स्पष्टिकरण मागेका छन् ।

सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रमुख सञ्चारमाध्यमका सम्पादकहरुसँगको छलफलका क्रममा प्रधानमन्त्री ओलीले सो घटनाबारे २४ घण्टाभित्र लिखित स्पष्टिकरण दिन निर्देशन दिएको बताए ।

प्रधानमन्त्री ओलीले गृहमन्त्रीलाई  २४ घण्टे स्पष्टिकरण सोधे सँगै गृहमन्त्री थापाको पद धरापमा परेको स्रोतको दाबी छ ।

बैंककमा हुने एक कार्यक्रका लागि विष्ट गत शुक्रबार त्यसतर्फ जान लाग्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागनममा कार्यरत कर्मचारीले रोकेका थिए ।

घटनापछि प्रधानमन्त्री ओलीले चासो देखाउदै गृहमन्त्रीसँग स्पष्टिकरण मागेका हुन् ।

विष्टलाई बैंकक जानबाट रोक्ने निर्देशन कसले दियो र किन गरियो भन्नेबारे सबै जानकारी गराउन गृहमन्त्रीलाई निर्देशन दिइसकेको ओलीले सम्पादकहरुलाई बताए ।

उनले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्याबारे अनुसन्धान गर्न बनेको उच्चस्तरीय समितिले काम गरिरहेको भन्दै छानबिन निष्कर्षमा पुगेपछि दोषीमाथि कडा भन्दा कडा कारबाही गरिने प्रतिबद्धता जनाए ।

घटनाको छानबिनका लागि प्रारम्भमा प्रहरी संयन्त्रमा भर पर्नु सरकारको बाध्यता भएको उल्लेख गर्दै ओलीले उनीहरुको भूमिका पनि संकास्पद  देखिएकाले जिल्लाको प्रहरी नेतृत्वसहितलाई फिर्ता बोलाएको बताए।

सरकारले तत्कालित एसपी डिल्लीराज विष्ट निलम्बनलाई निलम्बन नै गरेकाे छ भने अरु दुई प्रहरी अधिकारीलाई छानबिनकाे लागि गृहमा तानेकाे छ ।

प्रधानमन्त्रीसँगको छलफलमा प्रमुख  दैनिक पत्रिका र  अनलाइनका सम्पादकहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...

कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...