सरकारले संघीयता मास्ने तयारी गरिरहेको कांग्रेस नेता रामचन्द्र पौडेलको आरोप



हाम्रो इकोनोमि

 

 नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्ट पार्टीको वर्तमान सरकार स्थानीय तहका अधिकारमाथि हस्तक्षेप गर्न र संघीयतालाई खारेज गर्न लागेको बताएका छन्।

केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले नगर प्रमुख र उपप्रमुखहरुसँग गरेको अन्तरसम्वाद कार्यक्रममा बोल्दै वरिष्ठ नेता पौडेलले संविधानको मर्म विपरित केन्द्र सरकारले स्थानीय तहका अधिकारमाथि हस्तक्षेप गर्न लागेको आरोप लगाए। उनले भने–‘बर्तमान सरकार पक्षपाती देखिएको छ ।

स्थानीय तहको अधिकारलाई केन्द्रले हस्तक्षेप गरेको छ । यसरी स्थानीय तहका अधिकारमाथि हस्तक्षेप गर्न केन्द्र सरकारले गर्न पाउदैन । कम्युनिष्ट सरकारले संघीयताको कार्यान्वयन गर्छ भन्नेमा शंका छ । संघीयता कम्युनिष्टको सत्तामा पर्दैन । कम्युनिष्ट सिद्धान्त भनेको जनवादी केन्द्रीयतामा आधारित सिद्धान्त हो ।’

वरिष्ठ नेता पौडेलले अहिले देखिएको कर उठाउने विवाद केन्द्र सरकारको कमजोरीका कारण सृजना भएको बताए । उनले केन्द्र सरकारले वित्तिय आयोग नबनाएका कारण करको विवाद सृजना भएको बताए । उनले भने–‘ वित्तिय आयोग नबनेका कारण करको विवाद सृजना भएको हो । यो केन्द्र सरकारको कमजोरी हो ।’

पौडेलले स्थानीय तहका जनप्रतिनीधिले गर्ने काम पार्टीको भविष्यसंग जोडिएको भन्दै पार्टीको सिद्धान्त र प्रतिष्ठा जोगाउने ढंगले काम गर्न समेत नगर प्रमुख र उपप्रमुखहरुलाई निर्देशन दिए। उनले भने–‘जनताले तपाईहरुलाई निर्वाचित गरेर पठाएका छन् । तपाईहरुको कामसंग पार्टीको भविष्य जोडिएको छ ।

अहिले हामी धेरै कमजोर अवस्थामा पुगेका छौ । त्यसैले तपाईहरुको कामले पार्टीलाई माथि ल्याउन जरुरी छ। स्थानीय तह भ्रष्चारको अखडा हुन लाग्यो भन्ने बुद्धिजीवीहरुको तहबाट कुरा आउन थालेको छ। पारदर्शी रुपमा काम गर्न काम गर्नुपर्छ भन्ने दिमागमा राख्नुहोला । संविधान र लोकतन्त्रको मर्म अनुसार काम गर्नुहोला।

पौडेलले बर्तमान सरकारले अहिले ठुला ठुला भ्रष्टचार गर्न लागेको भन्दै यो विषयलाई आम नागरिकसम्म लैजानुपर्ने बताए। उनले भने– ‘अहिले ठुला घोटाला भएका छन् । त्यो स्थानीय तहले उठाउनुपर्छ। नेपाल वायूसेवा निगमको वाइड बडि जहाज खरिदमा जसरी घोटाला भएको छ । त्यो बिषयलाई तल्लो निकायसम्म लैजानुपर्छ । यो काम तपाईहरुले गर्नुहोला ।

प्रतिक्रिया दिनुहोस
शिक्षा र स्वास्थ्यको कर हटाउने सरकारको निर्णय

    सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट...

गगनसँग सति जान सकिँदैन : मोहन बस्नेत

    नेपाली कांग्रेसका नेता मोहन बस्नेतले गगन थापाको नेतृत्वमा परिचालित रुपमा विशेष...

अर्याल र जमरकट्टेललाई माछापुच्छ्रे बैंकमा नयाँ जिम्मेवारी

    माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो उच्च व्यवस्थापन टोलीलाई थप सुदृढ बनाउने उद्देश्यका...

एमाले बागमती सरकारका ६ मन्त्रीको राजीनामा

    बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका ६ मन्त्रीले सामुहिक राजीनामा दिएका...