सरकारले संघीयता मास्ने तयारी गरिरहेको कांग्रेस नेता रामचन्द्र पौडेलको आरोप



 

 नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्ट पार्टीको वर्तमान सरकार स्थानीय तहका अधिकारमाथि हस्तक्षेप गर्न र संघीयतालाई खारेज गर्न लागेको बताएका छन्।

केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले नगर प्रमुख र उपप्रमुखहरुसँग गरेको अन्तरसम्वाद कार्यक्रममा बोल्दै वरिष्ठ नेता पौडेलले संविधानको मर्म विपरित केन्द्र सरकारले स्थानीय तहका अधिकारमाथि हस्तक्षेप गर्न लागेको आरोप लगाए। उनले भने–‘बर्तमान सरकार पक्षपाती देखिएको छ ।

स्थानीय तहको अधिकारलाई केन्द्रले हस्तक्षेप गरेको छ । यसरी स्थानीय तहका अधिकारमाथि हस्तक्षेप गर्न केन्द्र सरकारले गर्न पाउदैन । कम्युनिष्ट सरकारले संघीयताको कार्यान्वयन गर्छ भन्नेमा शंका छ । संघीयता कम्युनिष्टको सत्तामा पर्दैन । कम्युनिष्ट सिद्धान्त भनेको जनवादी केन्द्रीयतामा आधारित सिद्धान्त हो ।’

वरिष्ठ नेता पौडेलले अहिले देखिएको कर उठाउने विवाद केन्द्र सरकारको कमजोरीका कारण सृजना भएको बताए । उनले केन्द्र सरकारले वित्तिय आयोग नबनाएका कारण करको विवाद सृजना भएको बताए । उनले भने–‘ वित्तिय आयोग नबनेका कारण करको विवाद सृजना भएको हो । यो केन्द्र सरकारको कमजोरी हो ।’

पौडेलले स्थानीय तहका जनप्रतिनीधिले गर्ने काम पार्टीको भविष्यसंग जोडिएको भन्दै पार्टीको सिद्धान्त र प्रतिष्ठा जोगाउने ढंगले काम गर्न समेत नगर प्रमुख र उपप्रमुखहरुलाई निर्देशन दिए। उनले भने–‘जनताले तपाईहरुलाई निर्वाचित गरेर पठाएका छन् । तपाईहरुको कामसंग पार्टीको भविष्य जोडिएको छ ।

अहिले हामी धेरै कमजोर अवस्थामा पुगेका छौ । त्यसैले तपाईहरुको कामले पार्टीलाई माथि ल्याउन जरुरी छ। स्थानीय तह भ्रष्चारको अखडा हुन लाग्यो भन्ने बुद्धिजीवीहरुको तहबाट कुरा आउन थालेको छ। पारदर्शी रुपमा काम गर्न काम गर्नुपर्छ भन्ने दिमागमा राख्नुहोला । संविधान र लोकतन्त्रको मर्म अनुसार काम गर्नुहोला।

पौडेलले बर्तमान सरकारले अहिले ठुला ठुला भ्रष्टचार गर्न लागेको भन्दै यो विषयलाई आम नागरिकसम्म लैजानुपर्ने बताए। उनले भने– ‘अहिले ठुला घोटाला भएका छन् । त्यो स्थानीय तहले उठाउनुपर्छ। नेपाल वायूसेवा निगमको वाइड बडि जहाज खरिदमा जसरी घोटाला भएको छ । त्यो बिषयलाई तल्लो निकायसम्म लैजानुपर्छ । यो काम तपाईहरुले गर्नुहोला ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्