रेखा थापाको कविता : निर्मलाको पासविक हत्या अन्तिम होस्



हाम्रो इकोनोमि

हरेक साल बर्खा आउनेछ,
उखुबारी उस्तै सुसाउने छ
सडकमा साइकलको घण्टी बजाउँदै
एक हुल किशोरी भविष्य खोज्न दौडनेछन
निर्मलाको आमा भन्नेछिन्,
बाँचेकी भए अहिले रिजल्ट आउँदो हो
बाँचेकी भए आज जन्मदिन हुँदो हो
बाँचेकी भए त्यसको त्यो रहर पुरा गर्दि हो
खाली यो गर्छु र त्यो गर्छु भन्थी
बाँचेकी भए अहिले नरोउ आमा भन्दी हो,
निर्मलाको आमा कुनामा बसेर यस्तै यस्तै
एकान्तमा शोक दिवस मनाउने छिन्
केही दिन सबैले दुर्भाग्य ठान्ने छन
बिर्सने छन,
किनकी निर्मला पार्टीकी सहिद होइनन् ।

निर्मलाको कथा लाखौं अरु छोरीलाई
तर्साउन, हप्काउन, बाध्न र जेल्न काम लाग्नेछ
निर्मलाको शोकको शिक्षाले
लाखौं अरु आत्मा भित्रको हौसलामा पानी बन्नेछ,
आदिम जुगमा फर्किनेछन घर हरु
भयभित हुनेछन आत्मा हरु
दाई, भाई, बुवा, काका अनी सहकर्मी सबै पुरुष भित्र
एउटा बलत्कारी देख्न थालनेछन चेलीहरु,
के यही देश र यही समाज थियो
जस्का निम्ती हाम्रा बहादुए शहिद र
पुर्खा लडेका थिए ?
निर्मलाको दुर्भाग्यपूर्ण र पासविक
हत्या अन्तिम होस् यो देशमा

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...