रेखा थापाको कविता : निर्मलाको पासविक हत्या अन्तिम होस्



हाम्रो इकोनोमि

हरेक साल बर्खा आउनेछ,
उखुबारी उस्तै सुसाउने छ
सडकमा साइकलको घण्टी बजाउँदै
एक हुल किशोरी भविष्य खोज्न दौडनेछन
निर्मलाको आमा भन्नेछिन्,
बाँचेकी भए अहिले रिजल्ट आउँदो हो
बाँचेकी भए आज जन्मदिन हुँदो हो
बाँचेकी भए त्यसको त्यो रहर पुरा गर्दि हो
खाली यो गर्छु र त्यो गर्छु भन्थी
बाँचेकी भए अहिले नरोउ आमा भन्दी हो,
निर्मलाको आमा कुनामा बसेर यस्तै यस्तै
एकान्तमा शोक दिवस मनाउने छिन्
केही दिन सबैले दुर्भाग्य ठान्ने छन
बिर्सने छन,
किनकी निर्मला पार्टीकी सहिद होइनन् ।

निर्मलाको कथा लाखौं अरु छोरीलाई
तर्साउन, हप्काउन, बाध्न र जेल्न काम लाग्नेछ
निर्मलाको शोकको शिक्षाले
लाखौं अरु आत्मा भित्रको हौसलामा पानी बन्नेछ,
आदिम जुगमा फर्किनेछन घर हरु
भयभित हुनेछन आत्मा हरु
दाई, भाई, बुवा, काका अनी सहकर्मी सबै पुरुष भित्र
एउटा बलत्कारी देख्न थालनेछन चेलीहरु,
के यही देश र यही समाज थियो
जस्का निम्ती हाम्रा बहादुए शहिद र
पुर्खा लडेका थिए ?
निर्मलाको दुर्भाग्यपूर्ण र पासविक
हत्या अन्तिम होस् यो देशमा

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...