मोदीको ‘क्लोज प्रोटेक्सन’ का लागि भारतीय सुरक्षाकर्मी काठमाडौंमा



हाम्रो इकोनोमि

 

 

बहुपक्षिय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिमस्टेक) सम्मेलनका लागि भारतीय सुरक्षाकर्मी पनि काठमाडौँ आइपुगेको छ ।

आगामी भदौ १४ र १५ गते काठमाडौंमा हुन लागेको बिमस्टेकमा सहभागी हुन आउने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षाका लागि अग्रिम रूपमा सुरक्षाकर्मी काठमाडौंमा आइपुगेको हो । भदौ १२ बाट सो सम्मेलनका लागि पाहुना आउने कार्यक्रम छ।

भारतीय प्रधामन्त्री मोदीको ‘क्लोज प्रोटेक्सन’ सुरक्षाका १३ सदस्यीय टोली काठमाडौं आएको हो। मोदी आउनुअघि नै सो सुरक्षा टोलीले काठमाडौंको सुरक्षा अवस्थाबारे भारतीय सरकारालाई जानकारी गराउनेछ।

भारतीय प्रधानमन्त्री मोदी नेपाल आउँदा प्रयोग गर्नको लागि भारतीय वायुसेनाको विमानबाट शनिबार दिउँसो ३ वटा गाडीसहित १३ जनाको टोली नेपाल आइपुगेको सुरक्षा स्रोतले जानकारी दिएको छ।

स्रोतका अनुसार सो सुरक्षा टोलीले नेपालको सुरक्षाकर्मीहरुसँग समन्यव सुरु गरिसकेको छ।

सबै पाहुनाको सुरक्षा जिम्मेवारी आयोजक राष्ट्रकै भएकाले उनीहरूको भूमिका समन्वयकारी मात्रै हुने स्रोतको भनाइ छ ।

आगामी मङ्गलबार सदस्य मुलुकका परराष्ट्र/बाह्य मामिला/विदेश मन्त्रालयका सचिवहरू सम्मिलित वरिष्ठ अधिकारीको बैठक, बुधबार परराष्ट्र/बाह्य मामिला/विदेशमन्त्रीस्तरीय बैठक तथा बिहीबार र शुक्रबार राष्ट्राध्यक्ष/सरकार प्रमुखको शिखर सम्मेलन हुनेछ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले यही भदौ १४ गते बिम्स्टेक राष्ट्रका नेतासँग भेटवार्ता गर्नुका साथै सोही दिन उनले दिवाभोजको आयोजना गर्नेछन् तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सोही दिन साँझ विविध सांस्कृतिक कार्यक्रमसहित रात्रिभोज आयोजना गर्ने कार्यक्रम तय भएको छ ।

प्रधानमन्त्रीले शिखर सम्मेलनको अध्यक्षता गर्नेछन् जसमा पारस्परिक सहायताका क्षेत्रमा बिम्स्टेकले हालसम्म गरेका प्रगतिको समीक्षा हुुनुका साथै उक्त सङ्गठनका भावी काममा दिशानिर्देश गर्नेछ ।

ऊर्जा व्यापार, बौद्ध परिपथ, पर्यटन प्रवद्र्धन र जलवायु परिवर्तनको प्रभाव घटाउनेतर्फ नै बिम्स्टेक शिखर सम्मेलन केन्द्रित हुने बताउँदै मन्त्री ज्ञवालीले सबै सदस्य राष्ट्रलाई सतह, जल र हवाईमार्गबाट जोड्ने मात्र नभई विद्युत् प्रसारण ग्रिड, अप्टिकल फाइबरबाट जोड् विषयलाई पनि नेपालले उच्च महत्व दिएको जानकारी दिएका छन् ।

सदस्य देशको चौतर्फी विकासमा सघाउन बिम्स्टेक विकास कोष स्थापना, दुई दशक पार गरेको सङ्गठनको बडापत्र निर्माण, समग्र बिम्स्टेक क्षेत्रलाई शान्ति, समृिद्ध र दिगोपनातर्फ उन्मुख गराउने तथा गरिबी हटाउने विषय नै सम्मेलनका प्रमुख कार्यसूची हुने मन्त्री ज्ञवालीले बताए ।

समानता र सहकार्यको मर्मलाई आत्मसात् गर्दै सदस्य मुलुकको आर्थिक वृद्धि र सामाजिक समृद्धि संयुक्तरूपमा हासिल गर्ने उद्देश्यले २२ वर्षअघि बिम्स्टेक स्थापना भएको हो । दक्षिण तथा दक्षिणपूर्वी एशियाली मुलुकको यस उपक्षेत्रीय सङ्गठनमा नेपालसहित बङ्गलादेश, भुटान, भारत, म्यान्मा, श्रीलङ्का र थाइल्याण्ड सदस्य छन् ।

प्रतिक्रिया दिनुहोस
रास्वपा केन्द्रीय समितिमा ८ जना मन्त्री निर्वाचित

    बालेन शाह नेतृत्वको सरकारका ८ जना मन्त्रीहरु सत्तारुढ दल रास्वपाको केन्द्रीय...

रास्वपामा ४९ महिला केन्द्रीय सदस्यमा निर्वाचित

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को निर्वाचित केन्द्रीय सदस्यमा झन्डै आधा महिला...

बंगलादेश निर्यात गर्ने थप २० मेगावाट बिजुली रोकियो

    नेपालबाट बंगलादेशमा थप २० मेगावाट विद्युत् निर्यात गर्ने योजनामा भारतीय पक्षले...

खैरो हेरोइनसहित काठमाडौंबाट दुई जना पक्राउ

     नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोले खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको...