बिम्स्टेक सम्मेलन, रिट्रिटको स्थान टुंगिएन, हिमश्रृंखला र साइटसिन देखिने स्थानको खोजी



हाम्रो इकोनोमि

 

चौथो बिम्स्टेक सम्मेलन आउन केही दिनमात्र बाँकी छ । सरकार यतिबेला बिमस्टेकका पाहुनालाई गर्ने स्वागत, भेटघाट र सम्मेलन स्थलको सुरक्षामा केन्द्रित देखिएको छ । सम्पूर्ण तयारी लभभग पूरा भएको जनाएको परराष्ट्र मन्त्रालयले भ्रमण तालिका समेत सार्वजनिक गरेर ६ देशका विशिष्ट पाहुनाको नेपाल भ्रमणभरको सुरक्षा व्यवस्था कडा पारिएको समेत जनाएको छ ।

 

सम्मेलनमा ६ वटा देशका कार्यकारी प्रमुख नेपाल भ्रमणमा आउने निश्चितप्राय छ । सम्मेलनमा सहभागी हुने सदस्यको स्वागतका लागि त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि होटल सोल्टी र होटल हायातसम्मको सुरक्षा व्यवस्था कडा पारिएको छ । भदौ १२ गतेदेखि नै राष्ट्र प्रमुखहरुको उपस्थिति हुने जनाउँदै परराष्ट्रले तीन दिनको कार्यतालिका समेत तयार पारेको छ ।

 

सदस्य ६ देशका राष्ट्र प्रमुखको स्वागतमा भदौ १४ गते राष्ट्रपति विद्यादेवी भण्डारीले दिवा भोजको आयोजना गर्ने कार्यतालिका छ । शीतल निवासमा आयोजना हुने दिवा भोजलगत्तै सामूहिक रुपमा राष्ट्रपतिसँग ६ देशका राष्ट्र प्रमुखले भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । त्यसलगत्तै, होटल सोल्टीमा बिम्स्टेक सम्मेलनको उद्घाटन हुनेछ । भदौ १४ गते नै प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा होटल हायातमा सरकार प्रमुखका लागि गाला डिनरको आयोजना हुनेछ ।

 

भदौ १५ गतेको कार्यतालिका 
बिम्स्टेक सम्मेलनको दोश्रो दिन नेपाल सरकारले ६ राष्ट्रका प्रमुखलाई रिट्रिट दिइनेछ । रिट्रिटको स्थान टुंगो नलागेपनि नेपालको हिमश्रृङखला देखिने स्थान प्रमुख गन्तव्य बनाइनेछ । रिट्रिट लगत्तै बिमस्टेक सम्मेलनको दोश्रो दिनको कार्यक्रम पुनः सुरु हुनेछ । जहाँ नेपालले दुई मुख्य विषयमा सम्झौता गर्नेछ । सम्झौता लगत्तै श्रीलंकालाई सम्मेलनको अध्यक्षता प्रदान गरिनेछ ।

 

भदौ १६ गतेको कार्यतालिका
परराष्ट्र मन्त्रालयका अनुसार भदौ १६ गते श्रीलंका र म्यानमारका राष्ट्रपतिले गौतम बुद्धको जन्मस्थल लुम्बिनीको भ्रमण गर्ने कार्यतालिका छ । दुई राष्ट्रका प्रमुखको नेपाल भ्रमण पूर्व नै तय भएको कार्यतालिका अनुसार १६ गते बिहान उनीहरु लुम्बिनी प्रस्थान गर्नेछन् ।

 

त्यसैगरी, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पशुपतिनाथ मन्दिरको दर्शन गर्ने मन्त्रालयले जनाएको छ । पशुपतिनाथको दर्शनलगत्तै गोशालास्थित भारत सरकारको सहयोगमा निर्माण गरिएको गौशाला धर्मशालाको उद्घाटन गर्नेछन् ।

 

६ राष्ट्रका प्रमुखको उपस्थितिका क्रममा काठमाडौं उपत्यकामा हजारौंको संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ भने सवारी साधनमा जोर बिजोर प्रणाली लागु गरिने भएको छ ।

प्रतिक्रिया दिनुहोस
रास्वपा केन्द्रीय समितिमा ८ जना मन्त्री निर्वाचित

    बालेन शाह नेतृत्वको सरकारका ८ जना मन्त्रीहरु सत्तारुढ दल रास्वपाको केन्द्रीय...

रास्वपामा ४९ महिला केन्द्रीय सदस्यमा निर्वाचित

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को निर्वाचित केन्द्रीय सदस्यमा झन्डै आधा महिला...

बंगलादेश निर्यात गर्ने थप २० मेगावाट बिजुली रोकियो

    नेपालबाट बंगलादेशमा थप २० मेगावाट विद्युत् निर्यात गर्ने योजनामा भारतीय पक्षले...

खैरो हेरोइनसहित काठमाडौंबाट दुई जना पक्राउ

     नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोले खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको...