प्रधानमन्त्रीको सन्देश लिएर निर्मलाको घर पुगे सांसद



हाम्रो इकोनोमि

 

बलात्कारपछि हत्या भएकी कन्चनपुरकी निर्मला पन्तको घरमा आइतवार प्रधानमन्त्री केपी ओलीको सन्देश लिएर तीन सांसद पुगेका छन् । वास्तविक दोषी पत्ता लगाई कडा कारबाही गर्न प्रधानमन्त्री दृढ रहेको सन्देश अभिभावक र स्थानीय माझ ती सांसदले राखे ।

सांसद दिपक प्रकाश भट्ट, नरबहादुर धामी र लेखराज भट्ट पन्तको घरमा पुगेर प्रधानमन्त्री केपी ओलीले दोषिलाई कारबाही गर्ने प्रतिबद्धता जनाएको सन्देश सुनाएका हुन् । कन्चनपुर घटनाका सम्बन्धमा प्रधानमन्त्री भेट्न गएका सांसद सन्देश लिएर कन्चनपुर पुगेका हुन् ।

प्रधानमन्त्री ओलीले दोषीलाई कारबाही र पीडितलाई न्यायका लागि सरकारले कुनै कसर बाँकी नराख्ने बताएको सांसदत्रयले उल्लेख गरे । प्रधानमन्त्रीकै सन्देश लिएर भेट्न पुगेका उनीहरुले दोषी पहिचान गरि कारबाही हुनेमा विश्वस्त हुन अभिभावक र स्थानीयलाई आग्रह गरे ।

बलात्कारपछि बालिका हत्याको घटनापछि वास्तविक दोषी पक्राउ नगरेको भन्दै कन्चनपुर केहीदिन यता तनाबग्रस्त बनेको छ । दोषि कारबाहीका लागि प्रधानमन्त्री नै गम्भीर भएकाले कुनै अशान्ति हुन नदिन उनीहरुले आग्रह गरे ।

पन्तको घरमा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाश शाहपनि भेट्न पुगेका थिए । उनले प्रदेश सरकारका तर्फबाट पन्त र प्रहरीको गोली लागेर मृत्यु भएका सन्नी खुनाको परिवारलाई जनही ५ लाख दिने निर्णय गरेको जनाए ।
सांसदत्रय प्रहरीको गोलीवाट मृत्यु भएका खुनाको घरमा पनि भेट्न जाने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस
माछापुच्छ्रे बैंकद्वारा एम बि एल आइटी कर्जा सेवा बिस्तार

    डिजिटल रूपान्तरणलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ माछापुच्छ्रे बैंकले एम बि एल...

प्लेकार्ड देखाएर श्रम संस्कृति पार्टीको संसदमा आज पनि विरोध

    प्रतिनिधिसभाको बैठकमा श्रम संस्कृति पार्टीले आज पनि विरोध जारी राखेको छ...

एनबैंक एपमार्फत नबिल बैंकको एसआइपी सेवा विस्तार

    नबिल बैंक लिमिटेडले आफ्नो बैंकिङ एप ‘एनबैंक’मा ‘लगानी’ सम्बन्धी सेवा विस्तार...

प्ले कार्ड र पर्चासहितको विरोधको शैली संसद्‍मा नदेखाउनू : सभामुख

    सभामुख डोलप्रसाद अर्याल (डिपी)ले प्ले कार्ड र पर्चासहितको विरोधको शैली संसद्‍मा...