कसैले युवती जिस्काउँदा भिडिहाल्ने ‘फायर ब्राण्ड’ सर्वेन्द्र अहिले कुन दुलो पसे ?



 

 प्रहरी प्रमुख जस्तो मान्छेलाई कञ्चनपुरको निर्मला हत्या प्रकरण र काँडाघारीका बालक अपहरण, हत्या एवं ईन्काउन्टर प्रकरणसँग जोड्नु अप्रासांगिक मानिएला । तर, विगतमा युवती जिस्काएको देख्यो कि भिडिहाल्ने उनी प्रहरी संगठनबारे यस्तो विघ्न अविश्वास सिर्जना हुँदा पनि उनी किन मौन छन् ?

 

योग्य भनिएकै प्रहरी नेतृत्वका सामुन्ने हत्यारालाई कारबाहीको माग राखेर  आन्दोलनमा उत्रिएका स्थानीयमाथि गोली वर्सिनु र प्रहरीले ताकेको गोली लागेर मृत्यु भएको घटनाबाट उनी विमुख हुनै सक्दैनन् । पूर्व एआईजी राजेन्द्रसिंह भण्डारीको भनाईलाई मान्ने हो भने, ‘कर्फ्यू आदेश जारी गर्नु थियो त पहिल्यै किन जारी नगरेको ?’

 

उनले सोधेका छन्, ‘अहिले मुलुक संघीय संरचनामा गईसकेको भनिन्छ । अनि स्थानीय सरकार हुँदा हुँदै प्रहरीलाई फायर खोल्ने अधिकार कसले दियो ? र, कसले दिने हो ?’ गृहमन्त्रीले सिधै जिल्लाको प्रहरी प्रमुखलाई निर्देशन दिने हो वा केन्द्रको प्रहरी प्रमुखलाई पनि त्यसको बोधार्थ गरिन्छ ? यी प्रश्नहरु उठेका छन् । त्यतिमात्रै होईन, कानून बनाउन नसकेको सरकारले गृह प्रशासन सुधार कार्ययोजना लागू गर्ने नाममा संघीयताको मर्म विपरीत किन प्रहरी प्रशासन हातमा लिएको ?

 

नेपाल प्रहरी आज्ञा पालक मात्रै हो वा यो संगठनको कुनै छुट्टै अस्तित्व र महत्व छ ? धेरै पछि गठन भएको सशस्त्र प्रहरी संघीय संरचनामा जानसक्ने तर, सबैको साथी भनिएको प्रहरी अहिलेसम्म संघीय संरचनामा किन जान नसकेको ? यस्ता प्रश्न पनि अनुत्तरित छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले माईतीघर मण्डला उफ्रिने ठाउँ भन्नु स्वभाविक होला । तर, स्थानीय सरकार हुँदा हुँदै प्रर्दशनमा उत्रिएका स्थानीयमाथि भटाभट् गोली चल्नु कसरी स्वभाविक मानिएला र ?

 

त्यसै पत्रकार राजेश मिश्रले सामाजिक सञ्जाल फेसबुकमा भनेका छैनन्, ‘प्रधानमन्त्री ओली अथवा गृहमन्त्री रामबहादुर थापा माथि जनताको विश्वास छैन भने यो जनताको गलती होईन । यी दुवै कुहिएका आलु नै हुन् ।

 

तर, प्रहरीको एक पछि अर्को कुकृत्य सार्वजनिक हुँदा पनि कुनै बेलाका “फायर ब्राण्ड’’ अधिकारी अनि हालका प्रहरी प्रमुख सर्वेन्द्रनाथ खनालको कुनै भूमिका देखिएन । भक्तपुरको कृत्रिम मूठभेड र महेन्द्रनगरको बलात्कार काण्डले खनालको सफा पोशाकमा दाग लगायो । नेपालमा पद पाएपछि मान्छे किन गलित हुन्छ ?’

 

अघिल्लो वर्ष आईजीपीको दौडमा रहँदा खनालको निकै चर्चा थियो । २९ वर्षअघि इन्सपेक्टर बनेका ३ जना सर्वेन्द्र खनाल, रमेश खरेल र पुष्कर कार्की मध्ये उनी नै योग्य ठहरिए । अहिले उनै योग्य भनिएका खनाल कुन दुलोमा पसेका छन् ? भनी नागरिकले प्रश्न गर्न थालेका छन् । उनकै सहयात्रीहरुले सुनकाण्डको अनुसन्धानताका पनि उनलाई प्रहरी सँगठनमा झाँगिएको बेतिथिबारे भनेकै हुन् ।

 

उनको पहिलेदेखिकै स्वभाव हो हत्तपत्त नबोल्ने । यो पहिलेदेखिकै क्यारेक्टर नै हो । काम गर्ने हल्लाखल्ला नगर्ने बानी छ, भन्थे उनी । किशोर बय लागेदेखि नै अलिक विद्रोही, क्रान्तिकारी स्वभाव थियो । टोलमा कसैले अलिक निर्बललाई हेप्न थाल्यो भने तातिहाल्थे । निर्धोलाई हेप्ने जस्तोसुकै बलियोबांगो देखियोस् जाइलागिहाल्ने ।

 

हात हालिहाल्ने । कसैले युवती जिस्क्यायो भनेपनि भिडिहाल्ने । तर, अहिले एउटा बालिकामथि बलात्कार भयो, बलात्कारपछि हत्या भयो ? तीन हप्तासम्म अभियुक्तलाई समातिएन । न्यायका लागि आन्दोलन भयो । आन्दोलनका क्रममा एक जनाको मृत्यु भयो । केही घाईते छन् । त्यो क्रान्तिकारी ‘बाघ’ले चुइँक्क केही गरेको वा भनेको देखिएन ।

 

उनी प्रहरी बन्नुको कथा हेर्दा त कञ्चनपुर घटनाले उनको सिरिङ्गो तातिनु पर्ने ? 
उनको रैथाने टोल लैनचौरमा २ जना पुलिस असई थिए । सेतो बाइक चढेर हिँड्थे । खुब फुर्तीफार्ती गर्थे । ईन्सपायरिङ फ्याक्टर बनेउनीहरु । खनाललाई विशेष गरी गुण्डा तह लाउन सकिने लोभले ईन्सपेक्टर बन्ने चाहना ह्वात्तै बढ्यो । भर्खरै जस्तो स्तानतक सकेका खनालले थाहा पाए, नेपाल प्रहरीमा भर्ना खुलेको २०४६ सालको अन्त्यतिर । फाराम भरे । जाँच दिए । नाम निस्कियो । खासमा उनी ईन्जिनियर बन्न चाहन्थे ।

 

गुण्डा तह लगाउने ध्याउन्नमा नेपाल प्रहरीमा छिरेका सर्वेन्द्र खनालले काठमाडौंमा कुमार श्रेष्ठ घैंटे कुमार इन्काउन्टर गरेको मात्रै चर्चा बढी भयो । तर, उनले तराईमा गरेका केही कारबाही यस्ता छन्, जसले तराईका कयौं भूमिगत सशस्त्र समूह पाताल भासिए । केही शान्ति प्रक्रियामा सामेल भए, अनि केही सफाया भए ।

 

अबका बाँकी भनेका समूह अवशेष हुन् । युवती जिस्काउनेदेखि त्रास फैलाउने गुण्डा तह लगाउनै भनेर उनी प्रहरीमा छिरेका हुन् । तर, नेतृत्वमा पुगेपछि उनलाई देश विदेश मात्रै भ्याई नभ्याई छ । प्रहरी संगठनको साख गिर्दो छ । हाम्राकुराबाट

प्रतिक्रिया दिनुहोस
आज टिकाको साइत बिहान ११ः३६ बजे

बडादसैं अर्थात् दुर्गापक्षको मुख्य दिन शनिबार मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको

टिकाको दिन र भोलीपल्ट निशुल्क बसको सुबिधा

दसैंको टीकाको दिन र भोलिपल्ट (असोज २५ र २६ गते) नेपाल प्रहरीले दुई रुटमा

आज फुलपाती घर घरमा भित्राइदै

बडा दशैंको सातौं दिन आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्राइँदैछ । प्रत्येक वर्ष

कांग्रेस-एमालेबाहेकका दलसँग माओवादीले गठबन्धन गर्ने

    प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले मंसिर १६ गते हुने उपनिर्वाचनमा