भूमि संबन्धी सबै समस्या समाधान हुन्छ मन्त्री अर्याल



हाम्रो इकोनोमि

 

भूमि ब्यबस्था, सहकारी तथा गरीबी निवारण मंत्री पद्मा अर्याल ले बर्तवान सरकार भूमि संबन्धी सबै समस्या समाधान गर्ने गरी आवश्यक गृह कार्य गरिहहेको बतायकी छन ।मंत्री अर्यालले भूमिहीन दलितलगायतका सिमांतकृत समूदाय का परिवारलाई एकपटक जग्गा उपलब्ध गराउने बताउदै सुकुमबासी,भूमिहीन,हालिया,मोहि,हरावा चरवा,मुक्त कमैया लगायतका समुदायको भूमि संबन्धी समस्या समाधान गर्न सरकार लागिपरेको उल्लेख गरेकी छन । भूमि अधिकार मंचले आज मंत्रालयमा बुझायको ज्ञापनपत्र बुझेपछि उनले भूमि संबंधी समस्या समाधान गर्न ऐन नियम ल्याइने बताइन ।

 

उनले भनिन- समस्या पहिचान भइसकेको छ,अब जनमुखी कानून बनाएर समस्या को समाधान गर्ने तयारिमा छौ।संमृध्द नेपाल,शुखि नेपाली नारालाइ सफल पार्न सबैले सहयोग गर्नुपर्छ । भूमिअधिकारकर्मी जगत देऊजा,मंचका अध्यक्ष ल्याम बहादुर दर्जी ,सरास्वती सुब्बा लागायत ले भूमि समस्या का सन्दरवाभामा कुरा राखेका थिय । समस्याका संदर्भ मा मंत्री अर्यालले भूमिसुधारका मुद्दाहरू धेरै पुराना र झन झटिला भएकोले तुरुंतै समाधन भन्दा पनि क्रमसः समाधान गर्ने बताइन ।

मंत्रि आर्यालले भूमिहीनको समस्या समाधान गर्न यो सरकार गंभीर र सकारात्मक रहेको बताउदै सरकार बिर्ता, उखड़ा, बेनिस्सा,एलानी,स्वबासी, गुठी,मोहि लागायत भूमि हीन,हालिया,कमैया,जोताहा,साना किशान,कमलहरी को समस्या समाधान गरन छितै कानून ल्याइने बताइन ।

प्रतिक्रिया दिनुहोस
नबिल बैंकको केन्द्रीय कार्यालयमा नर्सिङ रुमको सुरुवात

    नबिल बैंक लिमिटेडले तीनधारास्थित केन्द्रीय कार्यालयमा नबिल नर्सिङ रुमको सुरुवात गरेको...

बागमतीका मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा छापा

    बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण विभागले...

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुन: स्वीकृतिका लागि राष्ट्रपतिलाई पठाउने

  सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश स्वीकृतिका लागि राष्ट्रपतिसमक्ष पुन: सिफारिस गरेको छ ।...

सरकारद्वारा ५२ मिलियन अमेरिकी डलर ऋण स्वीकार

    सरकारले विश्व बैंकबाट प्राप्त हुने ५२ मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण...