नेकपाको आकस्मिक निर्णयः अपराधीलाई कडा कारवाही गरिने



हाम्रो इकोनोमि

 

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको आकस्मिक सचिवालय बैठक शनिबार बिहान बालुवाटारमा बसेको छ । कञ्चनपुरको घटनाबारे छलफल गर्न नेकपाको बैठक बसेको हो ।

बैठकले देशभरि बढीरहेका हत्या बलात्कार जस्ता जघन्य अपराध र शान्ति सुरक्षाको अवस्थाबारे विश्लेषण गरेको नेकपाका नेता नारायणकाजी श्रेष्ठले  बताए ।

श्रेष्ठले भने- ‘कसैले पनि अपराधीलाई उक्साउने वा संरक्षण गर्ने काम नगर्न अपील गर्ने निर्णय भएको छ ।’

सामाजिक मूल्यमान्यताको विरुद्धमा जाने जोकोहीलाई पनि हदैसम्मको सजायँ गर्न सरकारको ध्यानाकर्षण गराउँदै शान्ति सुरक्षाप्रति गम्भीर कदम चाल्ने निर्णय  भएको नेता श्रेष्ठले जानकारी दिए ।

नेकपा बैठकले कञ्चनपुर घटनाका शंकास्पद सबैलाई अनुसन्धानको दायरामा ल्याउने निर्णयसमेत गरेको छ ।

बैठकमा नेकपाका दुबै अध्यक्ष एवं राजधानीमा उपलब्ध सचिवालय सदस्यहरु सहभागी थिए ।

यसैवीच प्रदेश नम्बर ७ मा पनि कञ्चनपुर गोलीकाण्डबारे  छलफल गर्न सर्वदलीय बैठकको तयारी भइरहेको स्रोतले बतायो ।

उता नेकपा सांसद लेखराज भट्टले बेग्लै विज्ञप्ति जारी गर्दै निर्मला हत्या घटनामा गृहमन्त्रालयस्तरीय समितिले काम गर्न नसक्ने भन्दै त्यो भन्दा उच्च स्तरीय न्यायिक छानविन समिति गठन गर्न प्रधानमन्त्री केपी ओलीसँग माग गरेका छन् ।

 

भट्टको विज्ञप्तिमा भनिएको छ- निर्मला हत्याकाण्डमा गृह मन्त्रालयसमक्ष बारम्बार उच्चस्तरीय न्यायीक छानबीन समितिको गठन गरी तदारुकता दिन माग गर्दै आए पनि र गत विहीबारका दिन गृहमन्त्रालयले सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख र उपप्रमुखको स्थानान्तरण गरे पनि घटना झनै बल्झिन पुगेको छ । तसर्थ, म मेरो व्यक्तिगत र म सम्बद्ध पार्टी कमिटिका तर्फबाट निर्मला हत्याका विषयमा उच्चस्तरीय स्वतन्त्र न्यायिक छानविन कमिटी अविलम्ब गठन गर्न सम्माननीय प्रधानमन्त्रीसमक्ष माग गर्न चाहन्छु ।

प्रतिक्रिया दिनुहोस
नयाँ टाटा पञ्च ईभी नेपालभर सार्वजनिक

    नेपालमा लामो समयदेखि बहुप्रतीक्षित मानिएको टाटाको नयाँ ‘पञ्च.ईभी’ काठमाडौँमा जारी ‘नाइमा...

शेरबहादुर देउवा पश्चिमको राजकुमार : शशांक

  नेपाली कांग्रेस राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाले पार्टीका पूर्वसभापति...

सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर

    सुबिसु लिमिटेड नेपाल प्रिमियर लिग (एनपीएल)को टोली सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर...

कांग्रेस देउवा समूहको राष्ट्रिय भेला सुरु

     नेपाली कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेला सुरु भएको छ ।...