कञ्चनपुरमा आज पनि गोली चल्यो, १ जनाको मृत्यु, ३ घाइते



हाम्रो इकोनोमि

 

बलात्कारपछि हत्याको घटनामा दोषीलाई कारबाहीको माग गर्दै आन्दोलनमा उत्रिएकाहरुमाथि प्रहरीले गोली चलाएको छ ।

कञ्चनपुरकी १३ वर्षकी निर्मला पन्तको बलात्कारपछि हत्याको घटनामा दोषी उम्काउन खोजेको भन्दै प्रशासन कार्यालय अगाडि प्रदर्शनमा उत्रिएकाहरुमाथि प्रहरीले शुक्रबार पनि गोली चलाएको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी शंकर विष्टले गोली चलेको पुष्टि गरे । प्रहरीले गोली लागेर प्रहारबाट १ जनाको मृत्यु भएको छ ।  ३ जना गम्भीर घाइते भएका छन् ।

निर्मला पन्तको हत्या प्रकरणमा  एमाले नेता भीमबहादुर रावलले दिएको अभिव्यक्तिको बिरोध गर्दै नेपाल विद्यार्थी संघले शुक्रबार जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको अगाडि प्रदर्शन गरेको हो ।

नेता रावलले कांग्रेसले निर्मला हत्याकाण्डको मुद्दालाई राजनीतिसँग जोडेर आन्दोलन गरिरहेको बताएको भन्दै विद्यार्थीले प्रदर्शन गरेका हुन् ।

 

 

प्रतिक्रिया दिनुहोस
नयाँ टाटा पञ्च ईभी नेपालभर सार्वजनिक

    नेपालमा लामो समयदेखि बहुप्रतीक्षित मानिएको टाटाको नयाँ ‘पञ्च.ईभी’ काठमाडौँमा जारी ‘नाइमा...

शेरबहादुर देउवा पश्चिमको राजकुमार : शशांक

  नेपाली कांग्रेस राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाले पार्टीका पूर्वसभापति...

सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर

    सुबिसु लिमिटेड नेपाल प्रिमियर लिग (एनपीएल)को टोली सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर...

कांग्रेस देउवा समूहको राष्ट्रिय भेला सुरु

     नेपाली कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेला सुरु भएको छ ।...