बिम्स्टेकका बेला ओली र मोदी एक्लाएक्लै भेट्ने, बन्ला त भारतीय रेलको गन्तव्य काठमाडौं?



हाम्रो इकोनोमि

 

 

नेपाल र भारतबीच काठमाडौं रक्सौल रेलमार्ग निर्माण गर्ने सहमति भएको चार महिनापछि त्यसका लागि प्राविधिक पक्षको अध्ययन छिट्टै हुने भएको छ।

 

प्रधानमन्त्री केपी शर्मा ओली र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगलाको खाडीको प्रयास (बिम्स्टेक) शीखर सम्मेलनमा भाग लिन आगामी १४ गते नेपाल आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच उक्त रेलमार्ग निर्माणका लागि ‘इन्जिनियरिङ एण्ड ट्राफिकिङ सर्भे’ गर्ने समझदारी हुने भएको हो।

 

चीनको केरुङ—काठमाडौं रेलमार्गलाई पोखरा, चितवन हुँदै लुम्बिनीसम्म पुर्‍याउने योजना सरकारले योजना बनाइरहेका बेला रक्सौल हुँदै काठमाडौंसम्म रेलमार्ग निर्माण गर्ने कार्यले तिव्रता पाउने परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको विश्वास छ।

 

त्यसका लागि बिम्स्टेक सम्मेलनका बेला नेपाल र भारतीय सरकार प्रमुखबीच हुने समझदारी अर्थपूर्ण बन्ने उनको भनाई छ।  प्रधानमन्त्री ओली भारत भ्रमणमा रहेका बेला गत चैत्र २५ गते उक्त रेल मार्ग निर्माण गर्ने सम्बन्धमा दुवै पक्षले सहमति गरेका थिए।

 

बिम्स्टेक सम्मेलन सुरु हुने दिन १४ गते विहान बंगलादेश र थाइल्याण्डका कार्यकारी प्रमुखसँगसँगै आउन लागेका भारतीय प्रधानमन्त्री मोदीसँग औपचारिक भेटवार्तापछि उक्त रेल सर्भे गर्ने सम्बन्धमा दुवै पक्षबीच समझदारी बन्ने परराष्ट्रमन्त्री ज्ञवालीले बताए।

 

प्रधामन्त्री ओलीको भारत भ्रमणका बेला रेल मार्ग विस्तार गर्ने सम्बन्धमा दुई देशबीच चार बुँदे सहमति भएको थियो।
रक्सौलबाट काठमाडौं जोड्ने यो रेलमार्गको आगामी एक वर्ष भित्रै नेपाल सरकारसँगको परामर्शमा सर्वेक्षण गर्ने सहमति भएको थियो।

 

यस्तै विस्तृत परियोजना प्रतिवेदनका आधारमा निर्माणको ‘मोडालिटी’ निर्माण गर्ने सहमति दुवै पक्षबीच भएको थियो।
त्यसको कार्यान्वयन तथा बजेट निर्धारण नेपाल पक्षसँग छलफलपछि हुने भनिएको थियो।

 

भारत सरकारको सहयोगमा सुरु भएको जयनगर–जनकपुर–कुर्था रेलमार्गको निर्माणमा ढिलाई भएको छ। तर सरकारी अधिकारीहरुले यो रेलमार्गको निर्माण यो वर्षभित्रै सम्पन्न हुने दावी गरेका छन्।

 

परराष्ट्रमन्त्री ज्ञवालीका अनुसार उक्त भेटवार्ताका क्रममा प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीले सिमेन्टका लागि प्रयोग हुने कच्चा पदार्थ, मल लगायत सामना नेपाल ल्याउन ‘ब्ल्क कार्गो’ सम्बन्धी समझदारी पत्रमा सयुंक्तरुपमा हस्ताक्षर गर्ने छन्।

 

यस्तै दुवै देशका प्रधानमन्त्रीले पशुपतिक्षेत्रमा भारतद्धारा निर्मित धर्मशालाको पनि संयुक्तरुपमा उद्घाटन गर्ने कार्यक्रम तय भएको छ।

प्रतिक्रिया दिनुहोस
आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...

कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...