पौडेलले बहिस्कार गरेपछि कांग्रेस केन्द्रीय समिति बैठक बस्दै नबसी स्थगित



हाम्रो इकोनोमि

 

 

शुक्रवारका लागि बोलाइएको कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै नबसी शनिवार सम्मका लागि स्थगित भएको छ । विहान ११ बजेका लागि बोलाइएको बैठक अपरान्ह साढे ४ बजे स्थगित भएको जानकारी केन्द्रीय सदस्यहरुलाई दिइएको थियो ।

 

पार्टीका विभाग गठन गर्नुपर्ने तथा विधान मस्यौदा समितिमा जिल्ला सभापतिहरुलाई समेत समावेश गर्नुपर्ने बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरको अडानका कारण बैठक स्थगित भएको हो ।

 

आन्तरिक तयारी नपुगेका कारण बैठक शनिवार बिहान ११ बजे सम्मका लागि स्थगित भएको केन्द्रीय सदस्य रामकृष्ण यादवले जानकारी दिए ।

 

केन्द्रीय समितिको बैठकअघि सभापति शेरबहादुर देउवा, बरिष्ठ नेता पौडेल सहित पदाधिकारीको बैठक बसेको थियो । पदाधिकारी बैठकमा पौडेलले विधान मस्यौदा समिति गठनमा असन्तुष्टि जनाएका थिए । उनले पार्टीका विभाग गठनमा ढिलाइ भएको भन्दै असन्तुष्टि जनाएका थिए ।

 

समसामयीक राजनीति, महासमिति बैठकको तयारी, विधान संशोधन र विभाग गठन लगायतका बिषयमा छलफल गर्न केन्द्रीय समितिको बैठब बोलाइएको थियो । आगामी बर्षको फागुनमा हुने महाधिवेशन प्रभावित गर्नेगरी सभापति देउवाले महासमिति बैठक परसार्न खोजेको भन्दै पौडेल समूह असन्तुष्ट छ ।

 

केन्द्रीय समिति बैठकको पूर्वसन्ध्यामा कांग्रेसले संघीय संरचना अनुसार पार्टीका संगठनात्मक संरचनाहरुलाई पुर्नसंरचना गर्नका लागि महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा पार्टीको विधान संशोधन मस्यौदा समिति गठन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...

कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...