बिमिस्टेक सम्मेलनको तयारी पूरा, मोदी उद्घाटनकै दिन काठमाडौं आउने, श्रीलंकका र म्यानमार राष्ट्रपतिलाई लुम्बिनी भ्रमण



 

बुहपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमिस्टेक) को चौथो शिखर सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ ।  यही भदौ १४ र १५ मा शान्त, सम्बृद्ध र दीगोपनाका लागि बंगालदको खाडीतर्फ भन्ने मूल नाराका साथ काठमाडौंमा हुनलागेको बिमिस्टेकको आन्तरिक र बाह्य तयारी अन्तिम चरणमा पुगेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

 

तयारी सम्बन्धमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले साना तिना कामहरु बाहेक मूख्य तयारी सकिएको जानकारी दिए । सम्मेलनमा नेपाल कसरी प्रस्तुत हुन्छ, कस्ता दस्ताबेजहरुबारे छलफल गर्ने, कस्तो काठमाडौं घोषणा पत्र आउँछ भन्नेबारे छलफल अन्तिममा पुगेको छ भने अन्य बाह्य पक्षहरु, पाहुनाहरु को–को आउने, कहिले आउने, कार्यक्रमस्थलहरुबारे पनि तयारी भइसकेको जनाइएको छ । सम्मेलनमा बिमिस्टेक क्षेत्रका ७ वटै देशका राष्ट्र प्रमुख तथा कार्यकारी प्रमुखको उपस्थिति रहनेछ ।

 

सम्मेलनमा बंगलादेशको प्रधानमन्त्री शेख हसिना, भुटानका प्रधानन्याधीश योङ ओ छिरिङ वाङ्चो, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, म्यानमारका राष्ट्रपति युमिन मिच, श्रीलङ्कन राष्ट्रपति मेट्रीपाला श्रीसेना र थाइल्याण्डका प्रधानमन्त्री सहभागी हुनेछन् ।

 

सम्मेलनमा भाग लिन म्यानमारका राष्ट्रपति युमिन मिच आगामी मंगलबार १२ गते साँझ काठमाडौं आइपुग्ने कार्यक्रम छ ।  उनले १३ गते नेपालमा दुइपक्षीय भेटघाट गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

 

यसैगरी १३ गते बुधबार श्रीलङ्कन राष्ट्रपति मेट्रीपाला श्रीसेना र भुटानका प्रधानन्याशीस योङ ओ छिरिङ वाङ्चो नेपाल आइपुग्ने कार्यक्रम छ ।  सम्मेलन उद्घाटनको दिन १४ गते बिहान भारतीय प्रधानमन्त्री मोदी, बंंगलादेशको प्रधानमन्त्री शेख हसिना र थाइल्याण्डका प्रधानमन्त्री आइपुग्ने कार्यक्रम रहेको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

 

१४ गते दिउँसो राष्ट्रपति भवन शितलनिवासमा भेटघाट तथा दिवाभोज कार्यक्रपश्चात होटल सोल्टीमा सम्मेलनको उद्घाटन हुनेछ । साँझ हायात होटलमा रात्रीभोजको कार्यक्रम छ । १५ गते केही महत्वपूर्ण दस्ताबेजहरुमा हस्ताक्षर हुनेछ । सम्मेलनपछि १६ गते श्रीलंकका र म्यानमार राष्ट्रपतिले लुम्बिनीको भ्रमण समेत गर्ने कार्यक्रम छ ।

 

बिमिस्टेक सम्मेलनपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पशुपति क्षेत्रमा भारतीय लगानीमा बनेको धर्मशालाको उद्घाटन गरी नेपाललाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ ।

 

बंगालको खाडी र बिमिस्टेक षेका राष्ट्रहरुको प्राकृतिक सम्बन्ध अनवरत रुपमा रहेकाले जलवायु परिवर्तन र यसको बचाउका लागि सम्मेलनले महत्त्वपूर्ण भूमिका खेल्ने परराष्ट्रमन्त्री ज्ञवालीले विश्वास व्यक्त गरे । सम्मेलनमा सात वटै देशका प्रमुखबीच रेल बिद्युत कनेक्टिभिटिको दस्ताबेजमा हस्ताक्षर समेत हुनेछ । अन्तरक्षेत्रीय व्यापार तथा पर्यटनको विकासमा जोड दिइनेछ ।  यस्तै बिमिस्टेक क्षेत्रमा गरिबी निवारण गर्नेबारे पनि छलफल हुनेछ ।

 

बिमिस्टेकमा नेपाल, भारत, बंगलादेश, भुटान, म्यानमार, श्रीलंका र थाइल्यान्ड सदस्य छन् । यसको पहिलो सम्मेलन सन् २००४ मा थाइल्याण्डमा भएको थियो । दोस्रो भारत र तेस्रो म्यानमारमा भएको थियो। सन् २०१४ मा तेस्रो शिखर सम्मेलन म्यानमारमा भएपछि चौथो शिखर सम्मेलन नेपालले आयोजना गर्न लागेको हो । नेपाल चार वर्षदेखि बिमिस्टेकको अध्यक्ष राष्ट्र हो । भारतसँग सम्बन्ध चिसो भएको पाकिस्तानलाई अलग राखी सन् १९९७ मा यो अन्तर्राष्ट्रिय संगठन गठन भएको थियो ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्