कञ्चनपुर घटनाको बिरोधमा महेन्द्रनगरपछि बेलौरी बेलडाँडी तात्दै, आज दिनभर प्रदर्शन



हाम्रो इकोनोमि

 

 

बालिका बलात्कार र हत्याको बिरोधमा कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरमा स्थानीय जनताले गरेको प्रदर्शनमा प्रहरीले बल प्रयोग गर्दै बिहिवार गोलि चलाएको घटनाको बिरोधमा दक्षिणी क्षेत्रका मुख्य बजारहरुमा स्थानीयले प्रदर्शन गर्दै बन्द गराएका छन् ।

बालिका हत्या प्रकरणमा प्रहरीको भुमिका शंकास्पद देखिएको भन्दै स्थानीयद्वारा गरिएको प्रदर्शनमाथी प्रहरीले गोली चलाएको घटनाको बिरोध गर्दै आज शुक्रबार दक्षिणी क्षेत्रमा पनि बिरोध प्रदर्शन र बन्द आयोजना गरिएको हो ।

जिल्लाका दक्षिणी सिमान्त बेलडाँडी, चवन्नी, क्याम्प , र बेलौरी बजारमा सयौंको संख्यामा जम्मा भएका स्थानीय जनताले प्रदर्शन गर्दै बजार बन्द गराएका हुन । यद्यपि बेलडाडी बजार ब्यबस्थापन समितिले बिहिबार अबेर बिज्ञप्ती जारी गर्दै महेन्द्रनगरमा प्रहरीद्वारा गरिएको गोलि प्रहारको बिरोधमा बजार बन्दको आव्हान गरेको थियो । बजारका व्यापारी सहितको समर्थन भए पछि स्थानिय जनताहरुले शुक्रबार बिहानै देखि ठूलो संख्यामा जम्मा भएर बजारका चोकहरुमा टायर बाल्दै जुलुस सहित प्रदर्शन गरेका हुन ।

यसैगरी बेलौरीमा पनि स्वतस्फूर्त रुपमा जम्मा भएका स्थानीय जनताले बजारमा जुलुस निकाल्दै सम्बिधान चोकमा कोण सभाको आयोजना गरेका छन । बिहानै देखि परेको अविरल वर्षाको समेत प्रवाह नगरी प्रदर्शन चर्काएका छन् । साउन ११ गते हत्या गरिएकी निर्मलाका वास्तविक हत्याराको खोजी नगरी प्रहरीले मानसिक सन्तुलन राम्रो नभएको दिलिपसिह बिष्टलाई प्रहरीले हत्याराका रुपमा सार्वजनिक गरे पछि स्थानीयमा चर्को आक्रोश पैदा भएको हो ।

हत्याकाण्डको एक महिनासम्म पनि प्रहरीको अनुसन्धान कार्य निश्पक्ष बन्न नसकी वास्तविक हत्यारालाई लुकाउन खोजेको आरोप स्थानीय बासिन्दाहरुको रहेको छ । कञ्चनपुरमा गरिएको बिरोध प्रदर्शन उत्कर्षमा पुग्दै गर्दा बिहिबार प्रहरीले गोलि चलाउदा प्रहरी प्रशासन र गृह प्रशासन आलोचित बन्दै गएको छ ।

स्थानीयद्वारा गरिएको प्रदर्शनमा प्रहरी र प्रशासनले दमन गर्दै बिहिबार गोलि चलाउदा १२ जना घाइते भएका थिए । संकटकालको झल्को हुने गरि स्थानिय प्रशासनले बिहिवार बेलुका देखि कर्फ्यु समेत लगाएको थियो ।  गृहमन्त्रालयले कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्का र एसपी डिल्ली राज बिष्टलाई फिर्ता झिकाएको थियो ।

बिहीवार नै कञ्चनपुरको महेन्द्रनगरमा उच्चस्तरीय छानबिन टोली पुगेकोले छानबिनमा सहज होस भन्दै जनताद्वारा गरिएको बिरोध प्रदर्शन शान्त बनेको छ । तर जिल्लाकै अर्को दक्षिणी भेगमा भने घटनाको बिरोध गर्दै शुक्रबार दिनभर बजार बन्द र प्रदर्शन जारी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
एमालेका कुन नेताले के जिम्मेवारी पाए ? सूचीसहित

    नेकपा (एमाले) ले वर्तमान सरकार स्वेच्छाचारी तथा अधिनायकवादी बाटोमा अघि बढेको...

तोलामा साढे २० हजार बढ्यो सुनको भाउ

    नेपाली बजारमा सुनको भाउ आजमात्र २० हजार ५ सय रूपैयाँले बढेको...

एमालेले राष्ट्रिय कार्यशाला आयोजना गर्ने

    नेकपा (एमाले)ले पार्टी सदस्यता नवीकरण तथा अभिप्रेरणासम्बन्धी राष्ट्रिय कार्यशाला आगामी जेठ...

अमेरिकी उपविदेश मन्त्री रोजर्स काठमाडौंमा

    अमेरिकी विदेश मन्त्रालयको सार्वजनिक कूटनीतिसम्बन्धी उपविदेशमन्त्री सारा बी. रोजर्स नेपाल भ्रमणमा...