उपत्यकाकै कारागारमा क्षमताभन्दा बढी कैदी



हाम्रो इकोनोमि

 

उपत्यकाका तीन वटै कारागारमा कारागारको क्षमताभन्दा बढी कैदी राखिएका छन।

 

केन्द्रीय कारागार सुन्धारामा भने क्षमता भन्दा करिब दोब्बर कैदी बन्दी रहेको गारागारका उप प्रमुख श्रवण शाहको भनाई छ। सुन्धारमा कारागारमा हाल दुई हजार ८५१ कैदी बन्दी रहेका छन्।

 

कारागारको क्षमता एक हजार ५०० मात्रै कैदी अट्ने रहेको शाहले बताए। त्यस्तै डिल्लीबजार कारागार र ललितपुरको नक्खु कारागारमा समेत क्षमता भन्दा बढी कैदीबन्दी रहेको कारागार स्रोतको भनाई छ।

 

‘कारागारमा कैदीको संख्या करिब दोब्बर बढी छन् यसले कैदी बन्दीको दैनिकीमा असहज भएको छ,शाहले भने। अझ सुन्धारा कारागमारमा कैदी बन्दीको उपचार समते हुने भएकाले देशका विभिन्न कारागारबाट सुन्धारामा कैदी बन्दी थपिने गरेको शाहको भनाई छ।

 

सुन्धारा कारागारका चार सयभन्दा बढी बिरामी कैदीबन्दी रहेका छन्। कैदीबन्दीमा छाला, मधुमेह, जण्डिस, श्वासप्रश्वास, फोक्सोको समस्या, हातगोडा पाक्ने, सुनिनेलगायतका रोग देखापरेको केन्द्रीय कारागार स्रोतले जनाएको छ।

 

सामान्य प्रकृतिका रोगको उपचार कारागारको आफ्नै अस्पतालमा गरिने भएपनि कुनै गम्भीर प्रकृतिका रोगको उपचारका लागि भने उपत्यकाका विभिन्न अस्पतालमा पठाइने गरेको कारागारले जनाएको छ। शाहका अनुसार कारागारमा क्षमताभन्दा बढी केदी भएकाले पनि अधिकांश कैदी- बन्दी बिरामी परेका हुन्।

 

एक सय चार वर्ष पुरानो केन्द्रीय कारागारभित्र तीन वटा भवन रहेको छ। के छ कारागारको समस्या रु उपत्यका तीटै कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी राखिने गरेको छ।

 

तर, कारागारमा कैदी बन्दीका लागि सुत्ने कोठा देखि खाना र नुहाउन बाथरुमदेखि चर्पी समेत पर्याप्त नहुँदा ठूलो समस्य परेको कारागार स्रोतको भनाई छ।

 

सरकारले कारागार ब्यवस्थापनको लागि समयमा ध्यान नदिए समस्य झन बिकराल बन्दै जाने कारागार ब्यवस्थापन विभागले जनाएको छ।

 

कारागार भित्र समेत अपाराधिक गतिविधि हुने भन्दै कारागार ब्यवस्थापनले गए आर्थिक वर्षको अन्तिममा उपत्यकाका तिन वटै कारागारमा सिसि क्यामेरा जडान गरेको जनाएको छ।

 

डिल्ली बजार कारागारका प्रमुख अरुण पोखरेलका अनुसार कारागार सागुरो भएपनि खानपानमा कारागार प्रशासनले कुनै कन्जुसाई नगरेको र हप्ताको एक दिन आफुहरुले समेत कारागार भित्रकै खाना खाने गरेको उनले बताए।

 

प्रतिक्रिया दिनुहोस
समानुपातिकका सांसदलाई प्रमाणपत्र वितरण

    प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिकतर्फका नवनिर्वाचित ११० सांसदलाई प्रमाण पत्र प्रदान...

विश्वकै ठूलो ग्यास केन्द्रमा इरानको हमला

    अमेरिका र इजरायलको गठबन्धनले आफ्ना नेताहरुको एकपछि अर्को हत्या गरिरहेका बेला...

कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण

     मध्यपूर्वमा बढ्दो तनावबीच इरान र इजरायलबीचको द्वन्द्वले नयाँ मोड लिएको छ...

हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...