कञ्चनपुर प्रहरी प्रमुखले भने – घटना नयाँ शिराबाट अनुसन्धान गर्ने स्थिति आउन सक्छ



हाम्रो इकोनोमि

 

आन्दोलनरत पक्षसँग समन्वय र छलफल गरेर अगाडि बढ्ने जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक कुबेर कडायतले बताएका छन् ।

बिहीबार कञ्चनपुर प्रहरीको नेतृत्व सम्हाल्न भीमदत्तनगर आइपुगेका कडायतले आन्दोलनरत सबै पक्षको राय सुझाव लिने र उच्च प्राथमिकताका साथ घटनाको अनुसन्धान थालिने बताएका हुन् ।

“घटना नयाँ शिराबाट अनुसन्धान गर्ने स्थिति आउन सक्छ,” उनले भने, “यहाँ लगाइएको कफ्र्यू आज बिहान ५ बजेदेखि हटेको छ ।” उनले आन्दोलनरत पक्ष र स्थानीयवासीलाई प्रहरी अनुसन्धानमा सहयोग गर्न आग्रह गरे ।

बिहीबारसम्म अशान्त रहेको भीमदत्तनगरको स्थिति शुक्रबार बिहानदेखिबाट सामान्य बन्दै गएको छ । बजार खुलेको छ भने सवारीसाधन चल्न थालेका छन् ।

गृहमन्त्रालयले जिल्लामा नयाँ नेतृत्व पठाएको छ भने उच्चस्तरीय छानविन समितिसमेत गठन गरेको छ ।

भीमदत्तनगरपालिका–२ खोल्टीकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि गत साउन १० गते हत्या भएको थियो । भीमदत्तनगरपालिका–१८ निम्बुखेडास्थित साथीको घरमा गृहकार्य गर्न गएकी निर्मलाको शव साउन ११ गते उखुबारीमा भेटिएको थियो ।

आन्दोलनरत पक्षले निर्मला गृहकार्य गर्न गएको साथीको घरबाट नै अनुसन्धान थाल्नुपर्ने माग गर्दै आएको छ ।

गत आइतबार जिल्ला प्रहरी कार्यालयले पत्रकार सम्मेलन गरी हत्यामा संलग्न रहेको भन्दै भीमदत्तनगरपालिका–१९ बागफाँटाका ४१ वर्षीय दिलीपसिंह विष्टलाई सार्वजनिक गरेपछि आन्दोलन झन् चर्किएको हो ।

आन्दोलनरत पक्ष र स्थानीयबासीले अभियुक्त विष्टको लामो समयदेखि मानसिक अवस्था ठिक नभएकाले उनीबाट सो घटना नघटेको र प्रहरीले वास्तविक हत्यारा लुकाउन षड्यन्त्र गरेको आरोप लगाउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस
नबिल बैंकको केन्द्रीय कार्यालयमा नर्सिङ रुमको सुरुवात

    नबिल बैंक लिमिटेडले तीनधारास्थित केन्द्रीय कार्यालयमा नबिल नर्सिङ रुमको सुरुवात गरेको...

बागमतीका मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा छापा

    बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण विभागले...

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुन: स्वीकृतिका लागि राष्ट्रपतिलाई पठाउने

  सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश स्वीकृतिका लागि राष्ट्रपतिसमक्ष पुन: सिफारिस गरेको छ ।...

सरकारद्वारा ५२ मिलियन अमेरिकी डलर ऋण स्वीकार

    सरकारले विश्व बैंकबाट प्राप्त हुने ५२ मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण...