थाईल्याण्ड जान लागेका माओवादीका कार्यकर्तालाई लाई विमानस्थलमै क¥याप



हाम्रो इकोनोमि

 

 

अन्तर्राष्ट्रिय युवाहरुको कार्यक्रमका लागि थाइल्यान्ड जान लागेका माओवादीका पूर्व बालसैनिक लेनिन बिष्टलाई सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काइदिएको छ।

 

अन्तर्राष्ट्रिय युवा मञ्चमा बालसैनिकको कुरा उठाउन सक्ने भन्दै बिष्टलाई विमानस्थलबाट फर्काइएको हो। उनले नेपाल लाइभसँग कुरा गर्दै आज बिहान ९ बजे विमानस्थल पुग्दा कालोसूचीमा रहेको भन्दै आफूलाई फर्काएको बताए।

 

यसअघि उनी रसिया लगायत विभिन्न देशको भ्रमण गरिसकेका छन्।

 

नेकपाको दुई तिहाइको सरकार रहेको समयमा अन्तर्राष्ट्रिय रुपमा बालसैनिकको विषय उठ्ने डरले आफूलाई जान नदिएको उनले बताएका छन्।

 

केही वर्षयता बिष्ट बालसैनिकको मुद्दा चर्को रुपमा उठाउँदै आएका थिए। बालसैनिकलाई बेवास्ता गरेको भन्दै पेरिसडाँडास्थित तत्कालीन माओवादी कार्यालयमा केही समयअघि उनीहरुले शीर्ष नेताहरुलाई बन्दी बनाएका थिए।

 

करिब ८ हजार बालसैनिकलाई माओवादीले अयोग्यको बिल्ला लगाई शिविरबाट निकालेको तर अहिले मुद्दाको सुनुवाइ नगरेको उनले बताए।

 

प्रतिक्रिया दिनुहोस
आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...

कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...