काठमाडौंवासीको घरका छतबाट यसरी निकालिदै ६०० मेगावाट विजुली, ब्रुक्क उफ्रियो ओली सरकार



हाम्रो इकोनोमि

 

 उपत्यकामा बसोवास गर्नेहरुको घरको छतमा सोलार सिस्टम जोडेर ६ सय मेगावाट विजुली उत्पादन गर्न सकिने कुरा सार्वजनिक भएपछि चलखेल गर्नेहरु फेरि सरकार घेर्न थालेका छन् ।

 

यो सम्भावनालाई पनि निकै महत्वकांक्षी बनाउन खोजिएको छ । सरकारका बु्रक्क उफ्रिएको छ । सरकारका मन्त्री र अधिकारीहरु निकै उत्साही छन् । मानौ कुनै समय चर्चा भएको हावाको विजुली भन्दा कम छैन, यसको महत्वकांक्षा पनि । यहाँनेर  हावाबाट विजुली निस्किँदैन भन्न खोजिएको होईन । तर, भनिएको वा प्रचार गरिएको परिमाणमा विजुली निस्किन्छ वा निस्किँदैन भन्नेमा निश्चिन्त हुने आधार के हो ? भन्ने प्रश्नकाे उत्तर मत्वपूर्ण हो ।

 

गएको बुधबार काठमाडौँमा आयोजित एक कार्यक्रममा काठमाडौंं उपत्यकावासीको छानाबाट ६ सय मेगावाट सौर्य उर्जा उत्पादन गर्न सकिने कुरा सुनाईयो । जुन कार्यक्रममा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ समेत सहभागि थिए । उनकै अघि, उपत्यकाबासीको घरको छानामा राखिने ठूला साना प्यानल कुल क्षमताको २० प्रतिशतका दरले मात्रै यो परिमाण अथवा ६ सय मेगावाट उर्जा उत्पादन गर्न सकिने कुरा सुनाईयो ।

 

त्यस्तो कुरा सुनाउने व्यक्ति थिए, सरल उर्जा नेपालका प्रमुख आशीष चालिसे । उनले दिएको आँकडामा उपत्यकामा आठ लाख घरधुरी छन् । तर, उर्जाकै क्षेत्रमा काम गरेका व्यक्तिहरु आठ लाख हैन ६ लाख घर धुरी हो भन्छन् । उनीहरु यो पहिल्यै चलाईएको अभियान हो पनि भन्छन् ।

 

ईनर्जी डेभलपमेन्ट काउन्सिलले सोलार नेट मिटरिङको अवस्थाबारे जानकारी दिन राखेको कार्यक्रममा यो तथ्य सार्वजनिक भएपछि सरकारका मन्त्री र अधिकारीहरु ब्रुक्क उफ्रिए । नउफ्रिउन पनि कसरी ? घरको छतमा सोलार जोडेर ६ सय मेगावाट विजुली निस्किने भएपछि नेपाललाई फालाफाल विजुली भईहाल्यो ।

 

अंकमा सुन्ने हो भने ६ सय मेगावाट भनेको सारा नेपाललाई बालेर बेच्न पुग्छ । तर, त्यसको असलीयत भने अर्कै छ । सोलार सिस्टमको यो अभियान चलाउनेवित्तिकै जलविद्युत आयोजना नै चाहिँदैनन् भन्न त हुँदै हुँदैन । त्यसरी बुझ्यो वा प्रचार गर्न खोजियो भने त्यो सबैभन्दा ठूलो दुभाग्य हो भन्छन्, उर्जाका जानकारहरु ।

 

माथिल्लो कर्णाली जस्ताे बहुउद्देश्यीय आयोजना ओगटेर मात्रै बस्ने जिएमआर जस्ता विचौलियालाई सँधै म्याद थपेर राखिरहने र सोलार सिस्टमका कुरा गर्ने हो भने, सम्वृद्ध नेपालको नारा झुठको पराकाष्टा हुनेछ ।

 

काठमाडौंवासीका छतमा सोलार राखेर ६ सय मेगावाट विजुली ? के यो सम्भव छ ? 
उर्जा विशेषज्ञ रामप्रसाद धिताल त्यति धेरै उत्साही हुन आवश्यक ठान्दैनन् । उनी वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रका पूर्वमहानिर्देशक पनि हुन् । उनले यो विषयमा यसरी बेली विस्तार लगाएका छन् ।

 

यसलाई दुईटा हिसाबले हेर्नु पर्दछ । मुख्यगरी रुफटफ सोलार भनेको कस्तो हो भने, घरको छानामा सोलार राख्ने । त्यहाँबाट निकालिएको सोलार घरायसी प्रयोजनलाई पनि हुने र बाँकी ईनर्जी ग्रिडमा फिट गर्ने भन्ने कन्सेप्ट हो, यो रुफटफ सोलारको । त्यो हो विश्वव्यापी मान्यता ।

 

यसमा काठमाडौं उपत्यकामा झण्डै ६ लाख घरधुरीहरु छन् । आठ लाख कि आठ लाख ? यसमै अब समस्या भयो । मेरो हिसाबमा ६ लाख हो । आठ लाखको डेटा कति अथेन्टिक भन्नेतिर म जान्न । ६ लाख घरको वैज्ञानिक खोजले के भन्छ भने, काठमाडौं जस्ता धेरै ठूला शहरहरुमा ३० प्रतिशत घरमा सम्भावना छ । सबै घरमा सम्भव हुँदैन । सम्भव कसरी हुँदैन भने, छायाँ पर्ने । सेट हुने । अफ्टीमम ईनर्जीलाई क्याप्चर गर्न नसक्ने यी र यस्तै धेरै कारण हुन्छन् । मेरो भनाई के हो, भने त्यसबाट अफ्टीमम ईनर्जी निकाल्न सकिन्छ ।

 

६ लाख घरको ३० प्रतिशत भनेको झण्डै २ लाख घर हो । दुई लाख घरमा अब एक किलोवाटको सिस्टम राख्नु भयो भने, अर्थात् ५ किलोवाटसम्म जतिपनि राख्न सकिन्छ । छानामा अधिकतम सौर्य उर्जाको प्रयोग गर्नको लागि खुला क्षेत्र र छायाँ नपर्ने भाग हेर्दा काठमाडौंमा सबैको घरको छानामा १० देखि २० स्क्वायर मिटरको क्षेत्र ठूलो घरमा मात्रै हुन्छ ।

 

२० स्क्वायर मिटरको क्षेत्र हेर्ने हो भने, हामीले सामान्यतया एक देखि पाँच किलोवाटसम्मका सिस्टमहरु राख्न सकिएला । काठमाडौँ उपत्यकाका सबै घरमा राख्न सम्भव छैन । सयमा ३० प्रतिहत मात्रै हो । सानो सिस्टम राख्न सकिएला । तर, ग्रिडमा फिटिङ गर्ने भनेको सामान्यतया ३० प्रतिशत घर हो ।

 

३० प्रतिशत घरमा एक किलोवाटको सिस्टमले राखियो भने, २०० मेगावाट भयो । २ लाख घरमा राखियो भने । एक किलोवाट राखियो भने २०० मेगावाट भयो । दुई किलोवाट राखियो भने ४०० मेगावाट भयो । तीन किलोवाटको एभरेजमा राख्नु भयो भने ६०० मेगावाट भयो । एक किलोवाट राख्नलाई सटेन १० स्क्वायर मिटर क्षेत्र चाहियो भने, दुई किलोवाटलाई २० र तीन किलोवाटलाई त्यही किसिमको ठाउँ चाहियो । त्यसले गर्दा एकदमै कन्जरभेटिभ हिसाबले हेर्ने हो भने पनि झण्डै २०० मेगावाट पिक हो ।

 

यसमा हाईड्रोलाई कम्पियर गर्ने हो भने कति हो भनेर प्रश्न आउन सक्छ । २०० मेगावाट पिक २४ घण्टा सोलारबाट आउने हो भने सोचेको जति हुँदैन । किन भने हामीकहाँ पिक सन भन्छौँ, एकदमै चम्किलो, घमाईलो समय दिनमा ५–७ घण्टा मात्रै हो ।

 

२४ मा ५ भनेको कति हो भने, वन् थर्ड अर्थात् वन् फोर्थ । हाईड्रोसँग हामीले तुलना गर्ने हो भने, सोलारको २०० मेगावाट भनेको ५० मेगावाट हाईड्रोले दिने उर्जा हो । बुझिने भाषामा भन्दा, सोलारको २०० मेगावाट र हाईड्रोको ५० मेगावाट बराबर हुन्छ । दैनिक पिकिङ लोडसँग त्यसलाई लिङ्क गर्न सकेको खण्डमा व्याकपको काम हुन्छ ।  यसरी पनि भनौँ, पिकिङ् लोडमा हाईड्रो र ननपिकिङ् लोडमा सोलारलाई प्रयोग गर्न सकिन्छ ।

 

सबै कुरा सोलारबाट गर्छु भन्न पाईयो त ? 
उनी भन्छन्–गर्न त पाईयो । तर, एक किलोवाटको सिस्टम छानामा राखेपछि म मोटरपनि चलाउँछु, एसी पनि चलाउँछु, फ्रिज पनि चलाउँछु भन्न मिलेन । यदि तपाईको छतमा पाँच किलोवाटको सिस्टम छ भने त्यो सिस्टमले दिउँसोको समयमा पानी तान्नलाई काम गर्न सक्ने भयो ।

 

दिनभर फ्रिज सोलारबाट चलाउँछु बेलुका हाईड्रोसँग सापट लिन सक्छु भनियो भने, हुन्छ । घाम लागेको बेलामा घामको उर्जा र घाम नलागेको बेलामा अरु उर्जाको सिस्टममा जाने हो । बढी भएको उर्जा ग्रिडमा जोड्ने हो । जस्तो दिउँसोको समय सरकारी कार्यालयमा बढी लोड चाहिन्छ, त्यो बेला हामीसँग घाम प्रसस्त छ । त्यो समय घरको छतमा राखिएको सोलार सिस्टमले काम गर्ने भयो ।हाम्राकुराले जनाएको छ ।

 

हामीले नाकाबन्दीले सिर्जना गरेको समस्याका दौरान रुफटफ सोलारको अभियान चलाएको हो । त्यो बेला ग्रिडमा जोड्न सकिएन । स्टोरेजको अवधारणा लिईएको थियो । पाँच वर्षको अवधिमा ग्रिडमा जोड्ने संरचना बन्छ भन्ने थियो । अहिले ग्रिड स्टेबल छ । हामीसँग ग्रिड स्टेवल छ ।

 

२४ सैँ घण्टा उर्जा छ । त्यसो भएको हुनाले सजिलै जोड्न सकिन्छ । घाम लागेको बेलामा सोलारको उर्जा प्रयोग गर्ने र बढी भएको उर्जा ग्रिडमा फिटिङ गरिदिने । दिउँसो सोलारको योगदान रहे बेलुका हाईड्रोको विजुली बाल्दा माग पूर्ति गर्न सजिलो हुन्छ । अहिले उर्जा मन्त्रालय श्वेतपत्रमा लेखेको जस्तो सोलार र हाईड्रोलाई सँगसँगै लैजाने हो भने, राम्रो हुन्छ ।

प्रतिक्रिया दिनुहोस
६ दलले पाए राष्ट्रिय दलको मान्यता

    २१ फागुनको निर्वाचनबाट ६ वटा राजनीतिक दल राष्ट्रिय दल बनेका छन्...

समानुपातिकतर्फको मतगणना सकियो

    यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीको...

निर्वाचनको परिणामपछि एमालेले चाल्नुपर्ने कदम

    डा. केशव देवकोटा     नेपालमा गत २१ गते प्रतिनिधिसभाको निर्वाचन...

ग्यास बिक्रीको दैनिक विवरण आयल निगमलाई बुझाउनुपर्ने

    नेपाल आयल निगम र ग्यास उद्योगीबीच छलफल भएको छ । बजारमा...