काठमाडौंवासीको घरका छतबाट यसरी निकालिदै ६०० मेगावाट विजुली, ब्रुक्क उफ्रियो ओली सरकार



 

 उपत्यकामा बसोवास गर्नेहरुको घरको छतमा सोलार सिस्टम जोडेर ६ सय मेगावाट विजुली उत्पादन गर्न सकिने कुरा सार्वजनिक भएपछि चलखेल गर्नेहरु फेरि सरकार घेर्न थालेका छन् ।

 

यो सम्भावनालाई पनि निकै महत्वकांक्षी बनाउन खोजिएको छ । सरकारका बु्रक्क उफ्रिएको छ । सरकारका मन्त्री र अधिकारीहरु निकै उत्साही छन् । मानौ कुनै समय चर्चा भएको हावाको विजुली भन्दा कम छैन, यसको महत्वकांक्षा पनि । यहाँनेर  हावाबाट विजुली निस्किँदैन भन्न खोजिएको होईन । तर, भनिएको वा प्रचार गरिएको परिमाणमा विजुली निस्किन्छ वा निस्किँदैन भन्नेमा निश्चिन्त हुने आधार के हो ? भन्ने प्रश्नकाे उत्तर मत्वपूर्ण हो ।

 

गएको बुधबार काठमाडौँमा आयोजित एक कार्यक्रममा काठमाडौंं उपत्यकावासीको छानाबाट ६ सय मेगावाट सौर्य उर्जा उत्पादन गर्न सकिने कुरा सुनाईयो । जुन कार्यक्रममा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ समेत सहभागि थिए । उनकै अघि, उपत्यकाबासीको घरको छानामा राखिने ठूला साना प्यानल कुल क्षमताको २० प्रतिशतका दरले मात्रै यो परिमाण अथवा ६ सय मेगावाट उर्जा उत्पादन गर्न सकिने कुरा सुनाईयो ।

 

त्यस्तो कुरा सुनाउने व्यक्ति थिए, सरल उर्जा नेपालका प्रमुख आशीष चालिसे । उनले दिएको आँकडामा उपत्यकामा आठ लाख घरधुरी छन् । तर, उर्जाकै क्षेत्रमा काम गरेका व्यक्तिहरु आठ लाख हैन ६ लाख घर धुरी हो भन्छन् । उनीहरु यो पहिल्यै चलाईएको अभियान हो पनि भन्छन् ।

 

ईनर्जी डेभलपमेन्ट काउन्सिलले सोलार नेट मिटरिङको अवस्थाबारे जानकारी दिन राखेको कार्यक्रममा यो तथ्य सार्वजनिक भएपछि सरकारका मन्त्री र अधिकारीहरु ब्रुक्क उफ्रिए । नउफ्रिउन पनि कसरी ? घरको छतमा सोलार जोडेर ६ सय मेगावाट विजुली निस्किने भएपछि नेपाललाई फालाफाल विजुली भईहाल्यो ।

 

अंकमा सुन्ने हो भने ६ सय मेगावाट भनेको सारा नेपाललाई बालेर बेच्न पुग्छ । तर, त्यसको असलीयत भने अर्कै छ । सोलार सिस्टमको यो अभियान चलाउनेवित्तिकै जलविद्युत आयोजना नै चाहिँदैनन् भन्न त हुँदै हुँदैन । त्यसरी बुझ्यो वा प्रचार गर्न खोजियो भने त्यो सबैभन्दा ठूलो दुभाग्य हो भन्छन्, उर्जाका जानकारहरु ।

 

माथिल्लो कर्णाली जस्ताे बहुउद्देश्यीय आयोजना ओगटेर मात्रै बस्ने जिएमआर जस्ता विचौलियालाई सँधै म्याद थपेर राखिरहने र सोलार सिस्टमका कुरा गर्ने हो भने, सम्वृद्ध नेपालको नारा झुठको पराकाष्टा हुनेछ ।

 

काठमाडौंवासीका छतमा सोलार राखेर ६ सय मेगावाट विजुली ? के यो सम्भव छ ? 
उर्जा विशेषज्ञ रामप्रसाद धिताल त्यति धेरै उत्साही हुन आवश्यक ठान्दैनन् । उनी वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रका पूर्वमहानिर्देशक पनि हुन् । उनले यो विषयमा यसरी बेली विस्तार लगाएका छन् ।

 

यसलाई दुईटा हिसाबले हेर्नु पर्दछ । मुख्यगरी रुफटफ सोलार भनेको कस्तो हो भने, घरको छानामा सोलार राख्ने । त्यहाँबाट निकालिएको सोलार घरायसी प्रयोजनलाई पनि हुने र बाँकी ईनर्जी ग्रिडमा फिट गर्ने भन्ने कन्सेप्ट हो, यो रुफटफ सोलारको । त्यो हो विश्वव्यापी मान्यता ।

 

यसमा काठमाडौं उपत्यकामा झण्डै ६ लाख घरधुरीहरु छन् । आठ लाख कि आठ लाख ? यसमै अब समस्या भयो । मेरो हिसाबमा ६ लाख हो । आठ लाखको डेटा कति अथेन्टिक भन्नेतिर म जान्न । ६ लाख घरको वैज्ञानिक खोजले के भन्छ भने, काठमाडौं जस्ता धेरै ठूला शहरहरुमा ३० प्रतिशत घरमा सम्भावना छ । सबै घरमा सम्भव हुँदैन । सम्भव कसरी हुँदैन भने, छायाँ पर्ने । सेट हुने । अफ्टीमम ईनर्जीलाई क्याप्चर गर्न नसक्ने यी र यस्तै धेरै कारण हुन्छन् । मेरो भनाई के हो, भने त्यसबाट अफ्टीमम ईनर्जी निकाल्न सकिन्छ ।

 

६ लाख घरको ३० प्रतिशत भनेको झण्डै २ लाख घर हो । दुई लाख घरमा अब एक किलोवाटको सिस्टम राख्नु भयो भने, अर्थात् ५ किलोवाटसम्म जतिपनि राख्न सकिन्छ । छानामा अधिकतम सौर्य उर्जाको प्रयोग गर्नको लागि खुला क्षेत्र र छायाँ नपर्ने भाग हेर्दा काठमाडौंमा सबैको घरको छानामा १० देखि २० स्क्वायर मिटरको क्षेत्र ठूलो घरमा मात्रै हुन्छ ।

 

२० स्क्वायर मिटरको क्षेत्र हेर्ने हो भने, हामीले सामान्यतया एक देखि पाँच किलोवाटसम्मका सिस्टमहरु राख्न सकिएला । काठमाडौँ उपत्यकाका सबै घरमा राख्न सम्भव छैन । सयमा ३० प्रतिहत मात्रै हो । सानो सिस्टम राख्न सकिएला । तर, ग्रिडमा फिटिङ गर्ने भनेको सामान्यतया ३० प्रतिशत घर हो ।

 

३० प्रतिशत घरमा एक किलोवाटको सिस्टमले राखियो भने, २०० मेगावाट भयो । २ लाख घरमा राखियो भने । एक किलोवाट राखियो भने २०० मेगावाट भयो । दुई किलोवाट राखियो भने ४०० मेगावाट भयो । तीन किलोवाटको एभरेजमा राख्नु भयो भने ६०० मेगावाट भयो । एक किलोवाट राख्नलाई सटेन १० स्क्वायर मिटर क्षेत्र चाहियो भने, दुई किलोवाटलाई २० र तीन किलोवाटलाई त्यही किसिमको ठाउँ चाहियो । त्यसले गर्दा एकदमै कन्जरभेटिभ हिसाबले हेर्ने हो भने पनि झण्डै २०० मेगावाट पिक हो ।

 

यसमा हाईड्रोलाई कम्पियर गर्ने हो भने कति हो भनेर प्रश्न आउन सक्छ । २०० मेगावाट पिक २४ घण्टा सोलारबाट आउने हो भने सोचेको जति हुँदैन । किन भने हामीकहाँ पिक सन भन्छौँ, एकदमै चम्किलो, घमाईलो समय दिनमा ५–७ घण्टा मात्रै हो ।

 

२४ मा ५ भनेको कति हो भने, वन् थर्ड अर्थात् वन् फोर्थ । हाईड्रोसँग हामीले तुलना गर्ने हो भने, सोलारको २०० मेगावाट भनेको ५० मेगावाट हाईड्रोले दिने उर्जा हो । बुझिने भाषामा भन्दा, सोलारको २०० मेगावाट र हाईड्रोको ५० मेगावाट बराबर हुन्छ । दैनिक पिकिङ लोडसँग त्यसलाई लिङ्क गर्न सकेको खण्डमा व्याकपको काम हुन्छ ।  यसरी पनि भनौँ, पिकिङ् लोडमा हाईड्रो र ननपिकिङ् लोडमा सोलारलाई प्रयोग गर्न सकिन्छ ।

 

सबै कुरा सोलारबाट गर्छु भन्न पाईयो त ? 
उनी भन्छन्–गर्न त पाईयो । तर, एक किलोवाटको सिस्टम छानामा राखेपछि म मोटरपनि चलाउँछु, एसी पनि चलाउँछु, फ्रिज पनि चलाउँछु भन्न मिलेन । यदि तपाईको छतमा पाँच किलोवाटको सिस्टम छ भने त्यो सिस्टमले दिउँसोको समयमा पानी तान्नलाई काम गर्न सक्ने भयो ।

 

दिनभर फ्रिज सोलारबाट चलाउँछु बेलुका हाईड्रोसँग सापट लिन सक्छु भनियो भने, हुन्छ । घाम लागेको बेलामा घामको उर्जा र घाम नलागेको बेलामा अरु उर्जाको सिस्टममा जाने हो । बढी भएको उर्जा ग्रिडमा जोड्ने हो । जस्तो दिउँसोको समय सरकारी कार्यालयमा बढी लोड चाहिन्छ, त्यो बेला हामीसँग घाम प्रसस्त छ । त्यो समय घरको छतमा राखिएको सोलार सिस्टमले काम गर्ने भयो ।हाम्राकुराले जनाएको छ ।

 

हामीले नाकाबन्दीले सिर्जना गरेको समस्याका दौरान रुफटफ सोलारको अभियान चलाएको हो । त्यो बेला ग्रिडमा जोड्न सकिएन । स्टोरेजको अवधारणा लिईएको थियो । पाँच वर्षको अवधिमा ग्रिडमा जोड्ने संरचना बन्छ भन्ने थियो । अहिले ग्रिड स्टेबल छ । हामीसँग ग्रिड स्टेवल छ ।

 

२४ सैँ घण्टा उर्जा छ । त्यसो भएको हुनाले सजिलै जोड्न सकिन्छ । घाम लागेको बेलामा सोलारको उर्जा प्रयोग गर्ने र बढी भएको उर्जा ग्रिडमा फिटिङ गरिदिने । दिउँसो सोलारको योगदान रहे बेलुका हाईड्रोको विजुली बाल्दा माग पूर्ति गर्न सजिलो हुन्छ । अहिले उर्जा मन्त्रालय श्वेतपत्रमा लेखेको जस्तो सोलार र हाईड्रोलाई सँगसँगै लैजाने हो भने, राम्रो हुन्छ ।

प्रतिक्रिया दिनुहोस
आज टिकाको साइत बिहान ११ः३६ बजे

बडादसैं अर्थात् दुर्गापक्षको मुख्य दिन शनिबार मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको

टिकाको दिन र भोलीपल्ट निशुल्क बसको सुबिधा

दसैंको टीकाको दिन र भोलिपल्ट (असोज २५ र २६ गते) नेपाल प्रहरीले दुई रुटमा

आज फुलपाती घर घरमा भित्राइदै

बडा दशैंको सातौं दिन आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्राइँदैछ । प्रत्येक वर्ष

कांग्रेस-एमालेबाहेकका दलसँग माओवादीले गठबन्धन गर्ने

    प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले मंसिर १६ गते हुने उपनिर्वाचनमा