जग्गा हडप्न आफन्तबाटै अपहरण : यसरी समाते १२ दिनपछि स्थानीयले आरोपित



हाम्रो इकोनोमि

सिरहामा एक एकल महिला अपहरणमा परेको १२ दिन बितिसक्दा पनि प्रहरीले सुइँकोसमेत पाएको छैन। गोलबजार नगरपालिका–१० चोहर्बाकी ५५ वर्षीया कारीदेवी यादव गत साउन २५ गते घरबाटै अपहरणमा परेको जनाइएको छ। तर, प्रहरीले खोजी गर्न चासो नदिएको स्थानीयको गुनासो छ।

प्रहरीले अपहरणकारी पत्ता लगाउन नसकेको भन्दै स्थानीयले गोलबजारमा प्रदर्शन गरेका छन्। सम्पत्तिको लोभमा कारीदेवीको अपहरण आफन्तबाटै भएको स्थानीयको आशंका छ। जग्गा हडप्न कारीदेवीको अपहरण आफन्तले नै गरेको दाबी उनीहरूले गरेका छन्।

एक स्थानीयका अनुसार वर्षदिनअघि निधन भएका ससुराका नाममा जेठाजुले लुकाएको १६ कट्ठा १६ धुर जग्गामा अंश दाबीसहित सिरहा जिल्ला अदालतमा अंश मुद्दा दायर गरेकी थिइन्। उनी मुद्दा जितेपछि जेठाजु र जेठाजुका छोराले कुटपिट गर्नुका साथै जग्गाका लागि दबाब दिँदै आएको जनाइएको छ। तर, उनी जग्गा नलिई नछाड्ने अडानमा बसेपछि अपहरणमा परेको स्थानीयको दाबी छ। उनीहरूले जेठाजु रामदेव यादव र उनका छोरो लक्ष्मण यादवले अपहरण गरेको दाबी गरेका छन्।

यसैबीच आक्रोशित स्थानीयले भने घटनाको १० दिनपछि आरोपितलाई नियन्त्रणमा लिई गोलबजार प्रहरीलाई बुझाएका छन्। स्थानीयले उनीहरूलाई नियन्त्रणमा लिई बुझाएपछि अनुसन्धान थालिएको गोलबजारका प्रहरी सहायक निरीक्षक मनीष कार्कीले बताए।

उनका अनुसार अपहरणमा परेकी महिलाका आफन्तले किटानी जाहेरीसमेत दर्ता गराएका छन्। ‘अपहरणमा परेको दिनदेखि नै अनुसन्धान गरिरहेका थियौं’, उनले भने, ‘तर, केही पत्तो चलेन। स्थानीयले उनका जेठाजु र छोरालाई बुझाउनुका साथै पीडितका आफन्तले उनीहरूमाथि नै किटानी जाहेरी दिएपछि अनुसन्धान सुरु गरेका छौं।’

अपहरणमा परेकी महिलाको अवस्था प्रहरीले पत्ता लगाउन नसकेपछि सिरहाका आधा दर्जन संघसंस्थाले प्रेस विज्ञप्ति निकालेर घटनाप्रति ध्यानाकर्षण भएको जनाएका छन्।

यी संघसंस्थाले कारीदेवीको अवस्था पत्ता लगाउन र दोषी पहिचान गरी कडा कारबाही गर्न माग गरेका छन्। महिला अधिकारकर्मी श्याम साहले भनिन्, ‘१२ दिनसम्म घटनाको सुइँकोसमेत प्रहरीले नपाउनु गम्भीर कुरा हो। प्रहरीले महिलाको उद्धार गरी अपराधीलाई कारबाहीको कठघरामा उभ्याओस्।’

प्रतिक्रिया दिनुहोस
होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...

कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...

इजरायलमाथि इरानको हालसम्मकै भीषण हमला

     इरानले इजरायलमाथि अहिलेसम्मकै भीषण मिसाइल हमला गरेको छ । आज बिहानैदेखि...