कञ्चनपुर घटनाको छानविन गर्न गठित टोली घटनास्थलमा, वार्ता गर्ने पनि तयारी



हाम्रो इकोनोमि

 

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी, प्रहरीको नेतृत्व फेरिएसगै कफ्र्यु हटेपछि सो क्षेत्रको अवस्था आज भने शान्तिपूर्ण बनेको छ । सरकारले बनाएको उच्चस्तरिय छानविन समिति पनि महेन्द्रनगर पुगेपछि स्थानीयले न्याय पाउने आशा व्यक्त गरेका छन् ।

 

हिजो अश्रुग्यास र गोली प्रहारका घटना भएपछि साँझ ५ बजेदेखी लगाइएको कफ्र्यु आज विहान हटेपछि अवस्था शान्तिपूर्ण बनेको हो । स्थानीय प्रशासनले आन्दोलनरत पक्षसग वार्ता गर्ने तयारी गरेको छ । पिडितको परिवार, स्थानीयबासिन्दासग वार्ता गरी कसरी अगाडी बढ्ने भन्ने बारेमा वार्ताको तयारी गरेको हो ।

 

यसैविच, १३ वर्षीय बालिकाको बलात्कारपछि हत्या गरिएको पृष्ठभूमिको घटना अनुसन्धानका लागि सरकारले गठन गरेको उच्च स्तरीय छानबिन समितिको टोली शुक्रबार बिहान महेन्द्रनगर पुगेको छ ।

 

सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा बिहिबार गठन गरिएको पाँच सदस्यीय छानबिन समिति शुक्रबार बिहान काठमाण्डौँबाट बुद्ध एयरमार्फत धनगढी हुदै महेन्द्रनगर पुगेको हो । सत्यतथ्य छानबिन गरी प्रतिवेदन तयार गर्न १५ दिनको म्याद दिइएको समितिले आजैदेखि छानबिन थाल्ने संयोजक मैनालीले बताए । उक्त समितिमा तीन वटै सुरक्षा निकायका एआइजीहरु, प्रदेश ७ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रतिनिधि रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
नयाँ टाटा पञ्च ईभी नेपालभर सार्वजनिक

    नेपालमा लामो समयदेखि बहुप्रतीक्षित मानिएको टाटाको नयाँ ‘पञ्च.ईभी’ काठमाडौँमा जारी ‘नाइमा...

शेरबहादुर देउवा पश्चिमको राजकुमार : शशांक

  नेपाली कांग्रेस राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाले पार्टीका पूर्वसभापति...

सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर

    सुबिसु लिमिटेड नेपाल प्रिमियर लिग (एनपीएल)को टोली सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर...

कांग्रेस देउवा समूहको राष्ट्रिय भेला सुरु

     नेपाली कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेला सुरु भएको छ ।...