गोली नछिर्ने गाडी भारतबाट ग्वारग्वारी !



हाम्रो इकोनोमि

 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, म्यानमारकी राष्ट्रप्रमुख तथा प्रजातान्त्रिक आन्दोलनकी नेतृ आङसान सुकी (या उपराष्ट्रपति) सहित श्रीलंका, बंगलादेश, थाइल्याण्ड र भूटानका सरकार प्रमुख भदौको १२, १३ गतेदेखि धमाधम काठमाडौं उत्रिँदै छन् । तर, त्यही प्रयोजनका लागि गृह मन्त्रालयले सरकारसँग माग गरेको ३८ करोड रुपैयाँको अहिलेसम्म अत्तोपत्तो छैन ।

 

१४ देखि १६ सम्म काठमाडौंमा आयोजना हुने बिमस्टेक सम्मेलनका लागि गृहले खोजेको उक्त रकम पाहुनाको सुरक्षाका लागि हो । हरेक देशबाट ७ जनाका दरले खर्च गर्नुपर्ने, पाँच तारे होटलमा राख्नुपर्ने भनी परराष्ट्रले छुट्टै रकम मागेको छ । उता, बुलेटप्रुफ गाडी र कमाण्डो तालिमप्राप्त सुरक्षाकर्मी परिचालन गर्नुपर्ने कारण खर्च बढेको गृहको भनाइ छ ।

 

सम्मेलनमा भाग लिन सम्बन्धित राष्ट्रका विदेशमन्त्री र सचिव अनि सरकार प्रमुखका पत्नीहरू पनि आउँदै छन् । थाई र श्रीलंकन सरकार प्रमुखसहितका अधिकारीले लुम्बिनी जाने र त्यहीँ रात बिताउने इच्छा व्यक्त गरिसकेका छन् । बाँकी पाहुना काठमाडौं नै बस्ने छन् । काठमाडौं बस्नेका लागि गोकर्ण रिसोर्टमा रिट्रिट र हायात रिजेन्सी होटलमा खानाको व्यवस्था छ । तर, बसोबास भने होटल सोल्टीमा हुने भएको छ ।

 

सम्मेलन चलुञ्जेल नेपाल सरकारका कतिपय सचिव, सहसचिव चढ्ने गाडी उनीहरूसँग हुने छैन । विभिन्न देशबाट आउने सचिव, तिनका परिवार र भ्रमण दलका सदस्यलाई उपलब्ध गराउनुपर्ने कारण हाम्रा उच्चअधिकारीले आफ्नो सवारीको व्यवस्था आफैँ गर्नुपर्ने भएको हो । विभिन्न देशका सरकार तथा राष्ट्रप्रमुखलाई भने बुलेटप्रुफ गाडी दिइनेछ । त्यसका लागि भारतबाट भाडामा ल्याइँदै छ । यहीँ रहेको एउटा यस्तो गाडी पनि प्रयोगमा आउनेछ ।

 

उता, गृह मन्त्रालयले पहुँचका आधारमा अनावश्यक रुपमा आफ्नो व्यक्तिगत सेवा र सुरक्षार्थ लगिएका सुरक्षाकर्मी फिर्ता गर्नेसम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्मा पठाएको छ । अहिलेको प्रस्ताव जस्ताको तस्तै पारित भएमा साढे सात सय सुरक्षाकर्मी भिआइपी सेक्युरिटीका नाममा कटौती हुनेछ । केपी ओली सरकार गठन भइसकेपछि अहिलेसम्म साढे चार सय सुरक्षाकर्मी तानिइसकेका छन् ।

 

त्यति गर्दा पनि प्रधानमन्त्री, संवैधानिक अंगका पदाधिकारी, न्यायाधीश, पूर्वप्रम, गृहमन्त्रीसहितका पदाधिकारी र बहालवाला मन्त्रीका लागि चार–पाँच सय सुरक्षाकर्मी आवश्यक हुन्छन् । अहिले करिव ११ सय सुरक्षाकर्मी विभिन्न उच्चपदस्थ व्यक्तिकहाँ खटिएका छन् । त्यो संख्यामा सात सय ५३ कटौती हुन्छ । यो संख्याभित्र नेपाली सेना पनि रहेको छ ।जनआस्था साप्ताहिकबाट

प्रतिक्रिया दिनुहोस
रास्वपा केन्द्रीय समितिमा ८ जना मन्त्री निर्वाचित

    बालेन शाह नेतृत्वको सरकारका ८ जना मन्त्रीहरु सत्तारुढ दल रास्वपाको केन्द्रीय...

रास्वपामा ४९ महिला केन्द्रीय सदस्यमा निर्वाचित

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को निर्वाचित केन्द्रीय सदस्यमा झन्डै आधा महिला...

बंगलादेश निर्यात गर्ने थप २० मेगावाट बिजुली रोकियो

    नेपालबाट बंगलादेशमा थप २० मेगावाट विद्युत् निर्यात गर्ने योजनामा भारतीय पक्षले...

खैरो हेरोइनसहित काठमाडौंबाट दुई जना पक्राउ

     नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोले खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको...