भोजपुर लगिएका खड्गबहादुर विश्वकर्मालाई किन नुवाकोट सारीयो, यस्तो छ कारण



हाम्रो इकोनोमि

 

सर्वोच्च अदालतको आदेशबाट रिहा भएलगत्तै प्रक्राउ परेका नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई प्रहरीले नुवाकोट पु¥याएको छ ।
भोजपुर लैजाने तयारी गरेपनि राति नै उनलाई बाटोबाटै फर्काएर नुवाकोट पु¥याइएको हो ।

 

भोजपुर तर्फ लैजादै गर्दा सागा पु¥याएपछि नुवाकोटमा एनसेल टावर आक्रमणको मुद्दा रहेको खबर आएपछि त्यहाबाट फर्काएर नुवाकोट लगेको प्रहरीले जानकारी दिएको छ । सर्वोच्चको आदेशमा छुटेलगत्तै उनी बिहीबार पक्राउ परेका थिए। भोजपुर, काभ्रे, नुवाकोटमा एनसेल टावरमा तोडफोड र आगजनी गरेको मुद्दा उनीमाथि छ। विप्लव नेतृत्वको नेकपाले केही समयअघि एनसेलका टावरमाथि शृंखलाबद्ध आक्रमण गरी क्षति पुर्‍याएको थियो।

 

७ करोडभन्दा बढी चन्दा उठाएको आरोपमा साउन २२ गते उनी काठमाडौंको चोभारबाट पक्राउ परेका थिए। लगत्तै उनका छोरा नरेन्द्रबहादुर विकले सर्वोच्चमा निवेदन दर्ता गरेपछि रिहा गर्न आदेश भएको थियो। भदौ १ गते सर्वोच्च अदालत परिसरबाट दोस्रोपटक उनलाई गिरफ्तार गरिएको थियो।

प्रतिक्रिया दिनुहोस
आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...

कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...