एकता पछिको पार्टी नेतृत्व सम्हाल्न सक्षम छु : बिसी



हाम्रो इकोनोमि

 

दुई कम्युनिष्ट पार्टीको एकता अन्तिम चरणमा पुगेसँगै सुदूरपश्चिममा पनि पार्टी एकता प्रक्रिया र नेतृत्वको होडबाँजी चल्न थालेको छ ।

अहिले योसँगै तत्कालिन नेकपा एमालेका उपाध्यक्ष एवम् नेकपाका प्रभावशाली नेता भीम रावलको गृहजिल्ला अछाममा पनि पार्टी एकताको राप निकै बढेको देखिन्छ । यतिबेला जिल्लाका मुख्यमुख्य नेताहरु जिल्लाको नेतृत्व लिन रेसमा लागेका छन् । यसका साथै नेतृत्व आफ्नो पोल्टामा पार्नको लागि तीब्र लबिङमा समेत लागेका छन् ।
नेतृत्वको लागि आ आफ्नै लविङमा लागिरहेका बेला तत्कालिन एमालेको प्रदेश कमिटी सदस्य समेत रहेका अछामका यूवा प्रभावशाली नेता बम बहादुर बिसीको चर्चा जिल्लामा भन्दा केन्द्रमा बढेको छ । पार्टी नेृतृत्वको लागि चर्चाामा रहेका बिसी त्यहाँ जनतामाझ विकासप्रेमी, जुझारु तथा लोकप्रिय नेताका रुपमा चिनिन्छन् ।

२०४९ सालमा एमालेनिकट अखिलको जिल्ला अध्यक्ष बनेर सांगठनिक नेतृत्वमा प्रवेश गरेका बिसी एक सशक्त युवा नेताका साथै वैचारिक छवि भएको नेताका रुपमा समेत चिनिन्छन् ।

अध्ययनका क्रममा राजधानीमा रहँदा मुलुककै चर्चित रत्नराज्यलक्ष्मी क्याम्पसमा अनेरास्ववियुको नेतृत्वमा रही काम गरिसकेका बिसी मध्यम परिवारका कम्युनिष्ट नेता हुन् ।उनी संगठन राम्ररी बुझेका नेता समेत हुन ।

राजधानीमा अध्ययनलाई निरन्तरता दिइरहेका बेला जिल्लामा संगठन निर्माणको आवश्यकता मध्यनजर गर्दै गाउँ फर्केका बिसी २०५३ सालमा भैरवस्थान गाउँ कमिटीको सचिव भएर काम गरेको बताउँछन् । यूवा अवस्थादेखि नैं शोषित, पिडित र अन्यायमा परेका जनताको पक्षमा वकालत गर्दै आएका बिसीलाई उनको सक्रियता देखेर पार्टीले २०५४ सालमा जिल्ला कमिटी सदस्यको भूमिका दिएको थियो । त्यो भूमिकालाई उनले कुशलतताका साथ निर्वाह गर्दै आईरहेका छन् ।

अछामको सहकारी आन्दोलनको एक पर्यायका रुपमा समेत चिनिएका बिसी जिल्लामा एक समाजसेवी, व्यवहारिक, मिलनसार एवं वैचारिक नेताको रुपमा परिचित छन् । उनले २०६२ सालमा सहकारी शिक्षा अध्ययन नामक पुस्तक प्रकाशित गरेका थिए । उनले लेखेको पुस्तक जिल्लाभरिकै माध्यमिक विद्यालयमा कोर्षको रुपमा अध्यापन हुँदै आएको छ । विगत दशरबाह्र वर्षदेखि अध्यापन हुँदै आएको यो पुस्तकका कारण अछामको पछिल्लो युवा पुस्ताले बिसीलाई सहजै चिन्ने गरेको छ । त्येसो त उनलाई अछाममा नचिन्ने कोही पनि छैनन् ।

तत्कालिन नेकपा एमालेको प्रदेश कमिटी सदस्य एवम् यूवा तथा खेलकुद विभाग प्रमुखको रुपमा पार्टी संगठनमा क्रियाशिल बिसी पदीय हिसाबमा अध्यक्षमा दाबी गरिरहेका जिल्लाका नेताहरुमध्ये बरिष्ठ एवम् सक्षम पनि मानिन्छन् । पार्टीले दिएको जिम्मेवारी निशंकोच पुरा गरेको उनको विगतले मात्र नभइ अछामी यूवा कम्युनिष्ट नेता कार्यकर्ताको रोजाइमा बिसी परेका छन् ।

समाजमा नेतृत्वदायी भूमिकामा रहेकै कारण केही कुण्ठाग्रस्त र आफू अनियमिततामा फसिरहेकाहरुले बिसीलाई व्यक्तिगत रुपमा आरोप लगाउने गरेका भएपनि एक सहकारी अभियन्ताका नाताले उनी जहिल्यै सदाचारको पक्षमा रुपमा रहेको उनको दाबी छ । पार्टी राजनितिमा क्रियाशिल नेता तथा कार्यकर्ताहरु उत्पादनसँग जोडिनुपर्ने अभियान समेत चलाउदै आएका बिसीको साविकको आफ्नो गाविस र आसपासका ठाउँहरुमा कम्युनिष्ट पार्टीको संगठनमा रहेको मजबुत पकडले उनको संगठन निर्माणको कौशलतालाई पुष्टि गर्दछ ।

मध्यमवर्गीय परिवारमा जन्मेर पनि कम्युनिष्ट पार्टीलाई समाज सेवाको हतियारको रुपमा प्रयोग गरेका बिसीसँग उनको क्रियाशिलता र लगनशिलताको कारण अछामी युवाहरुमा उत्साह पैदा भएको छ ।

यतिबेला नेकपाले पार्टी एकताको भावनाअनुसार अछाममा पनि केही दिनमै नेतृत्व चयन गर्न लागेका बेला समाजशास्त्र र अन्तर्राष्ट्रिय सम्बन्ध गरी दुई बिषयमा स्नातकोत्तर उपाधि हासिल गरेका युवा नेता बिसीले अन्य नेताहरुका तुलनामा आफू थप अब्बल दाबेदार भएको भन्दै पार्टी नेतृत्व आफूले सम्हाल्नुपर्ने बताउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस
होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...

कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...

इजरायलमाथि इरानको हालसम्मकै भीषण हमला

     इरानले इजरायलमाथि अहिलेसम्मकै भीषण मिसाइल हमला गरेको छ । आज बिहानैदेखि...