संघाई समूहले करोडौको शेयर हडपेको र हिसाब माग्दा उल्टै धम्काएको आरोप



हाम्रो इकोनोमि

 

 

सिद्धार्थ ग्यास उद्योग प्रा।लि।का शेयरधनी रमेशकुमार अग्रवालले आफूलाई सञ्चालक समितिका अध्यक्ष रामचन्द्र संघाईले हरहिसाब देखाउन माग गर्दा उल्टै धम्की दिएको गुनासो पोखेका छन् ।

 

बिहीबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै पिडित अग्रवालले यस्तो गुनासो पोखेका हुन् । बिगत छ वर्षदेखि सञ्चालन गर्दै आएको उक्त उद्योगमा २५ प्रतिशत परिवारले शेयर खरिद गरेको उननले जनाए ।

 

आफ्नो परिवारले २५ प्रतिशत, ५० प्रतिशत रामचन्द्र संघाईले र बाँकी २५ प्रतिशत सुभाषकुमार खेतानको नाममा भएको उद्योग अहिले पनि नाफामा रहेको पीडित अग्रवालको दाबी छ ।

 

तर, २०६९ सालबाट संघाइ समूहले एकलौटी सञ्चालन गरेको र आफ्नो हिसाब माग्दा यत्तिकै हडप्न खोजी धम्काएको अग्रवालले आरोप लाएका छन् । पीडित अग्रवालले भने,‘मैले मेरो भागमा भएको हिसाबकिताब चाहियो भनेर अनुनय–बिनय गर्दा उल्टै कम्पनीको नाममा थप शेयर खरिद गर्न लगाए । संघाईले म खान्छु, तलाई ठीक पार्छु भनेर मलाई धम्काइरहेको छ । मेरो करोडौ पैसा डुबेको छ, उल्टै मलाई धम्काएको छ । यही कारणले म शारिरीक अपाङग भएको छु ।’

 

अग्रवालले यसको निम्ति न्याय माग्न सम्बन्धित निकाय पुग्दा कतैबाट पनि न्याय नपाएको दुःखेसोसमेत पोखेका छन् । उनले भने,‘म आफ्नो शेयरको हिसाबकिताब खोजाई पाउँ भनेर वाण्ज्यि तथा आपूर्ति मन्त्रालय, आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभाग, राजश्व अनुसन्धान विभाग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, उपभोक्ता हित संरक्षण मञ्च, नेपाल उद्योग वाणिज्य महासंघ, कम्पनी रजिष्ट्रारको कार्यालय, एलपी ग्यास उद्योग एशोशिएसनलगायत अन्य निकायसमक्ष धाएँ तर कतैबाट न्याय पाईन् ।’

 

सबै निकायलाई संघाई समूहले आफ्नो प्रभाव पारेको बताउँदै अन्तिम विकल्प मिडिया नै भएको जनाउदै अग्रवालले न्यायको लागि सबैसमक्ष अनुरोध गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस
होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...

कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...

इजरायलमाथि इरानको हालसम्मकै भीषण हमला

     इरानले इजरायलमाथि अहिलेसम्मकै भीषण मिसाइल हमला गरेको छ । आज बिहानैदेखि...