वडा अध्यक्षका छोराद्वारा कुटिए वडा सदस्य, लगाइयो पाँच टाँका, यसरी परे प्रहरी फन्दामा



हाम्रो इकोनोमि

 

 

सिरहाको धनगढीमाई नगरपालिका ७ का वडाध्यक्षका छोराले वडा सदस्यलाई बिहीबार बिहान कुटपिट गरेका छन्।

कुटपिटबाट टोउकोमा चोट लागेर घाइते भएका वडा सदस्य ४१ वर्षीय सुरुज यादव स्थानीय ग्रीन एप्पल पोलिक्लिनिकमा भर्ना भएका छन्। कुटपिटको क्रममा टाउकोमा चोट लागेका यादवलाई पाँचवटा टाँका लगाइएको पोक्लिनिकले जनाएको छ।

 

कुटपिटमा संलग्न रहेका वडाध्यक्ष गणपैत यादवका छोरा मनोज यादवलाई नियन्त्रणमा लिइएको अस्थायी प्रहरी पोष्ट कसहाले जनाएको छ।

 

धनगढीमाई नगरकार्यपालिका सदस्यसमेत रहेका स्थानीय गजेन्द्र कर्णले बनाएको घर, कम्पाउण्ड र पर्खालले चर्चेको जग्गाको विषयमा भएको विवादको क्रममा कुटपिट भएको स्थानीय बताउँछन्।

 

कर्णले घर र आफूले प्रयोग गर्ने बाटोमा लगाएको पर्खाल वडा सदस्य यादवले मंगलबार भत्काई दिएपछि बुधबार वडाध्यक्ष गणपैत यादवसहित स्थानीय छलफलका लागि भेला भएका थिए।

 

छलफल सुरू भएलगत्तै वडा सदस्य यादव गाउँलेलाई गालीगलौज गर्दै उठेर हिँडेका थिए। त्यसपछि बिहीबार बिहान खेतमा पानी पटाएर फर्किंदै गरेका यादवसँग वडाध्यक्षका छोराको छलफलका बेला भएको गालीगलौजको विषयमा भनाभन हुँदा कुटपिट भएको प्रत्यक्षदर्शीहरूले बताए।

 

वडाध्यक्षका छोराले छुरा प्रहार गरेको भनिए पनि कुटपिटको क्रममा औँलामा लगाएको औँठीले काटेको हुन सक्ने पोलिक्लिनिकले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस
होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...

कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...

इजरायलमाथि इरानको हालसम्मकै भीषण हमला

     इरानले इजरायलमाथि अहिलेसम्मकै भीषण मिसाइल हमला गरेको छ । आज बिहानैदेखि...