नेकपामा केपी ओलीभन्दा प्रचण्ड बलियो , झलनाथ, वामदेव र विष्णु पौडेल यसरी परे प्रचण्डसँग लम्पसार



हाम्रो इकोनोमि

 

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका बरिष्ठ नेता माधवकुमार नेपालसँग मिलेर गठबन्धन बनाएका छन् ।

 

ओली–नेपालले गठबन्धन बनाएको सुईंको पाएपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि त्यो गठबन्धन भत्काउनेगरि महागठबन्धन बनाउने तयारी थालेका छन् ।

 

स्रोतका अनुसार प्रचण्डले पछिल्लो समय पार्टीका बरिष्ठ नेता झलनाथ खनाल र नेता वामदेव गौतमसँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन् । भेटमा प्रचण्डले अध्यक्ष ओली र नेता नेपाल मिलेर आफूलाई पेल्नेगरि गठबन्धन बनाएकोबारे जानकारी गराउँदै त्यो गठबन्धन भत्काउनेगरि आफ्नो नेतृत्वमा महागठबन्धन बनाउन छलफल गरेका थिए ।

प्रचण्डको प्रस्तावमा नेता खनाल र गौतम दुवै राजी भएका थिए । खनाल त ओली र नेपालसँग सुरुदेखि नै रुष्ट छन् ।

 

आगामी महाधिवेशनमा पार्टीको नेतृत्वमा ओलीले नेता नेपाललाई अघि सार्ने वचन दिएसँगै नेता नपाल पनि सक्रियताका साथ प्रचण्डलाई कमजोर बनाउन लागिपरिरहेका छन् ।

 

तर, नेता खनालले कुनैपनि हालतमा नेपाललाई नेतृत्वमा पुग्न नदिनेगरि प्रचण्डलाई साथ दिने वचन दिईसकेको स्रोतको दाबी छ ।

 

पार्टी एकताका सूत्रधार नेता गौतम त सुरुदेखि नै प्रचण्डनिकट नेता मानिन्छन् । उनले आगामी महाधिवेशनमा प्रचण्डलाई नै सघाउनेगरि पार्टीभित्र गतिविधि अघि बढाएको नेकपाका शीर्ष नेताले बताए ।

अध्यक्ष प्रचण्डको पक्षमा खनाल र गौतममात्रै नभएर ओलीकै विश्वापात्रको रुपमा चिनिएका नेताहरु विष्णु प्रसाद पौडेल र वर्तमान परराष्ट्रमन्त्री समेत रहेका नेता प्रदीपकुमार ज्ञवालीपनि उभिने निश्चित् भएको छ ।

 

आगामी महाधिवेशनसम्म पुग्दा योगेश भट्टराईसमेत प्रचण्डको पक्षमा जान सक्ने नेकपाका नेताहरुको दाबी छ ।

उता ओली र माधव नेपाल गठबन्धनमा भने प्रभावशाली नेताहरुमा विष्णु रिमाल, रविन्द्र अधिकारी र रघुवीर महासेठ लगायत मात्रै रहने बुझिएको छ ।

 

प्रतिक्रिया दिनुहोस
नबिल बैंकको केन्द्रीय कार्यालयमा नर्सिङ रुमको सुरुवात

    नबिल बैंक लिमिटेडले तीनधारास्थित केन्द्रीय कार्यालयमा नबिल नर्सिङ रुमको सुरुवात गरेको...

बागमतीका मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा छापा

    बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण विभागले...

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुन: स्वीकृतिका लागि राष्ट्रपतिलाई पठाउने

  सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश स्वीकृतिका लागि राष्ट्रपतिसमक्ष पुन: सिफारिस गरेको छ ।...

सरकारद्वारा ५२ मिलियन अमेरिकी डलर ऋण स्वीकार

    सरकारले विश्व बैंकबाट प्राप्त हुने ५२ मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण...